detail-img

मानव अधिकार उल्लङ्घन हुने अवस्था अन्त्य गरिनुपर्छः अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरू कहिल्यै पनि मृत्युदण्डको पक्षमा जान नहुने पक्षमा आफू दृढ रहेको बताउनुभएको छ । 
काठमाडौँमा आजबाट सुरु भएको मानव अधिकार रक्षक तथा सामाजिक अभियन्ताहरूको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ नहुने भएकाले आफू मृत्युदण्डको पक्षमा नरहेको वताउनुभयो ।
कुनै पनि आवेश वा उत्तेजनामा मृत्युदण्डको पक्षमा जान नहुने उहाँको भनाई छ । 
नेपालमा मानव अधिकार आयोगलाई धम्की दिने राजनीति भइरहेको भन्दै अध्यक्ष ओलीले असन्तुष्टि व्यक्त गर्नुभयो ।
अध्यक्ष ओलीले नेपालको राजनीतिमा एउटा पक्षले आफूलाई भनेजस्तो भएन भने बन्दुकमा खिया लागेको छैन भनेर धम्क्याउने गरेको वताउनुभयो ।


नेपालमा मानवअधिकारको इतिहास लामो रहेको भन्दै अध्यक्ष ओलीले मानवअधिकार रक्षाका निम्ति नेपालमा सबभन्दा पहिला १९९५ मा मानवअधिकारकै संस्था खोलेर त्रिचन्द कलेजका तत्कालीन विद्यार्थी गंगालाल श्रेष्ठले पहिलो प्रवचन गरेको बताउनुभयो ।
देशमा मानवअधिकारको स्थिति खतरामा रहेको वताउँदै अध्यक्ष ओलीले मानव अधिकार उल्लङ्घन हुने अवस्था अन्त्य गरिनुपर्छ भन्नुभयो । 
अध्यक्ष ओलीले देशमा प्रतिष्पर्धाको नभएर गुटबन्दी, जालझेलको राजनीति भइरहेको र नेकपा (एमाले) सँग एक्लै प्रतिष्पर्धा गर्ने आँट कसैसँग नभएको बताउनुभयो । 
कार्यक्रममा नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपालका राजनीतिक दलका  नेताहरू आफै प्रधानमन्त्रीको कुर्सीमा रहेर राज्यलाई चुनौती दिने गरेको वताउनुभयो । उनीहरू आफूलाई राज्यपक्ष भइसकेको कुरा विर्सेर विद्रोही जस्तो व्यवहार गर्ने गरेको यथार्थ महासचिव पोखरेलले औल्याउनुभयो ।