detail-img

कर्णाली प्रदेशः सल्यानमा जनसंगठनका कमिटी गठन 

सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नं ७ मा वडास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
पार्टी केन्द्रीय प्रतिनिधि बदमी बोहराको उपस्थितिमा सम्पन्न कार्यक्रममा नेकपा (एमाले) वडा कमिटी पुनर्गठन, अखिल नेपाल महिला संघ, राष्ट्रिय जनसाँस्कृतिक महासंघ, अखिल नेपाल किसान महासंघ, राष्ट्रिय युवा संघ नेपालको वडा कमिटी गठन गरिएको छ ।
जुम्लाको पातारासी–६ मा वडा कमिटी गठन
मिसन ग्रासरूट अन्तर्गत मङ्गलबार जुम्लाको पातारासी गाउँपालिका वडा नम्बर ६ मा कालीबहादुर भण्डारीको अध्यक्षतामा १३ सदस्यीय वडा कमिटी गठन भएको छ । 
कमिटीको उपाध्यक्षमा कालीबहादुर बुढा, सचिवमा नरबहादुर बुढा, उपसचिवमा तारा विष्ट, उपसचिवमा सुन्तला बुढा हुनुहुन्छ । नयाँ निर्वाचित कमिटीलाई पार्टीका केन्द्रीय सदस्य नगिन्द्र शाही (नेशनल) र प्रदेश कमिटी सदस्य नन्द रोकाया र हंस बुढा लगायतले मार्गनिर्देश गर्नुभएको थियो ।