detail-img

मिसन ग्रासरुटको मध्यावधि समीक्षा

लमजुङ । नेकपा (एमाले) को मिसन ग्रासरूट अन्तर्गत नेकपा (एमाले) लमजुङ जिल्ला कमिटीको सचिवालय बैठक बेसीशहरमा सम्पन्न भएको छ । बैठकले मिसन ग्रासरुटको मध्यावधि समीक्षासहित आगामी कार्ययोजना निर्माणसमेत गरेको छ ।
नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीको प्रमुख आतिथ्यता र नेकपा (एमाले) लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । बैठकमा उपाध्यक्ष ज्ञवालीसहित अभियानका लागि केन्द्रीय प्रतिनिधिसमेत रहनुभएका पोलिटव्युरो सदस्य टुकराज सिग्देल, केन्द्रीय सदस्य सम्झना देवकोटा, गण्डकी प्रदेश सचिवालय सदस्य महेन्द्रलाल श्रेष्ठले बैठकलाई मार्गनिर्देशन गर्नुभएको थियो ।
बैठकमा अहिलेसम्म जिल्लामा सञ्चालन भएको मिसन ग्रासरुटको बारेमा छलफल तथा अन्तरक्रिया भएको थियो । अभियानअन्तर्गत जिल्ला, पालिका र अधिकांश वडा कमिटीका बैठक सम्पन्न हुनुका साथै, जनप्रतिधिसँग भेला, विभाग र जनसङ्गठनको बैठक र अभियानलाई गाउँ टोलसम्म पुर्याइएको बैठकमा जानकारी दिइएको छ ।
अभियान लिएर गाउँ टोलमा पुग्दा आम नागरिकको एमालेप्रतिको विश्वास र भरोसा झनै बढेको, एमालेमा प्रवेशको लहर चलेको र अझै एकताबद्व र सुदृढ भएर अघि बढ्ने अठोट रहेको नेकपा (एमाले) लमजुङका सचिव शुभाष पौडेलले बताउनुभयो ।
बैठकले बेसीशहर, मध्यनेपाल नगरपालिका र दोर्दी गाउँपालिकाको बैठक चैत १२ गते, दुधपोखरी गाउँपालिकाको चैत ९ गते, राइनास नगरपालिकाको चैत १३ गते, सुन्दरबजार नगरपालिकाको चैत १६ गते पालिकास्तरमै बैठक तय गरिएको छ । मस्र्याङ्दी र क्ब्होलासोंथरको बैठक भने तय गर्न बाँकी रहेको छ ।