detail-img

अन्तरजातीय विवाह गर्ने ८१ जोडी सम्मानित

स्याङ्जा । नेकपा (एमाले) को मिसन ग्रासरुट अन्तर्गत नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला कमिटी स्याङ्जाले ५८औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसका अवसरमा मङ्गलबार ‘अन्तरजातीय विवाहित जोडी सम्मान कार्यक्रम’ आयोजना गरेको छ ।
पार्टी सचिव पद्मा कुमारी अर्यालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा अन्तरजातीय विवाह गरेका ८१ जोडीलाई सम्मान गरिएको छ । कार्यक्रममा सचिव अर्यालले समाजमा अहिले चलिरहेको जातीय मुक्ति आन्दोलन वर्गीय मुक्ति आन्दोलनको अभिन्न अङ्ग भएको बताउनुभयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सल्लाहकार सदस्य टेकु नेपाली, जिल्ला अध्यक्ष सूर्यप्रसाद गैरे, प्रदेश उपाध्यक्ष मोहन रेग्मी, प्रदेश सदस्य धनमाया विक, जिल्ला सदस्य महेश पुरी, तिलक विक, सुवास खाती, दीपक विक, मेख प्रमेश, कमला मरासिनी, शान्तिदेवी गौतम, ओम खड्कालगायतका नेताहरूको उपस्थिति थियो ।