detail-img

अनेमसंघको अध्यक्षमा टुका हमाल 

काठमाडौँ । अखिल नेपाल महिला संघको सातौं राष्ट्रिय सम्मेलन टुका हमालको अध्यक्षतामा नयाँ केन्द्रीय कमिटी चयन गर्दै सम्पन्न भएको छ । उहाँ नेकपा (एमाले) को केन्द्रीय सदस्य हुनुहुन्छ । 
यही २०७९ चैत २५ र २६ गते काठमाडौंमा सम्पन्न सम्मेलनले सर्वसम्मत रूपमा चयन गरेको केन्द्रीय कमिटीका छजना उपाध्यक्षहरूमा मेनुका काफ्ले, मेनका पोखरेल, रूक्मणी राना, सुमित्रा विसी, शर्मिला कार्की र विमला राई पौडेल रहनुभएको छ । 
यस्तै महासचिवमा पेम्बा लामा सर्वसम्मत चयन हुनुभएको छ भने उपमहासचिवमा शान्ति अधिकारी रहनुभएको छ । 
सातजना सचिवहरूमा वीणा राई, वीना साह, शारदा कुमाल, नरदेवी पुन, वीना ज्ञवाली, मीना रखाल र आशा बिक चयन हुनुभएको छ । यस्तै  कोषाध्यक्षमा इन्दिरा फुयाँल चयन हुनुभएको छ । अनेमसंघको २२५ सदस्यीय केन्द्रीय कमिटी रहेको छ ।