detail-img

पेसागत महासंघ नेपालको अध्यक्षमा पुण्य ढकाल 

काठमाडौं । पेसागत महासंघ नेपालको सातौं राष्ट्रिय महाधिवेशन पुण्यप्रसाद ढकालको अध्यक्षतामा ९५ सदस्यीय राष्ट्रिय समिति सर्वसम्मत रूपमा चयन गर्दै सम्पन्न भएको छ । महासंघको यही २०७९ चैत २३ र २४ गते ललितपुरमा सम्पन्न महाधिवेशनका निर्णय सार्वजनिक गर्न सोमबार आयोजित कार्यक्रममा नवनिर्वाचित राष्ट्रिय समितिका बारेमा जानकारी गराइएको हो । नेकपा (एमाले) को जनसंगठनका रूपमा रहेको पेसागत महासंघ, नेपालको सातौं महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको थियो ।  
महासंघको तीनजना उपाध्यक्षमा भोलानाथ पोखरेल, हरिकुमार श्रेष्ठ र सुशीलादेवी श्रेष्ठ रहनुभएको छ । 
महासंघको महासचिवमा केदारप्रसाद देवकोटा चयन हुनुभएको छ भने उपमहासचिवमा लक्ष्मणप्रसाद वजगाई रहनुभएको छ । 
त्यसैगरी सचिवहरूमा मुक्तिनाथ गौतम, रामदेव लाल दास, श्यामप्रसाद पाण्डेय, रामप्रसाद खनाल, छवि पाण्डे, शिवप्रसाद सापकोटा, रामचन्द्र जोशी र कमल पराजुली चयन हुनुभएको छ । 
महासंघको कार्यालय सचिवमा हिराबहादुर थापा र कोषाध्यक्षमा श्यामप्रसाद पाण्डे चयन हुनुभएको छ भने अन्य सदस्य हुनुहुन्छ । 
महाधिवेशनले सात/सात सदस्यीय लेखा परीक्षण आयोग, अनुशासन आयोग र निर्वाचन आयोग पनि गठन गरेको छ ।