हुम्ला । नेकपा (एमाले) द्वारा सञ्चालित मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) को समीक्षा बैठक सम्पन्न भएको छ ।
हुम्लाका सातवटै पालिकाका प्रतिवेदनहरूमाथि छलफल गरी जिल्लाको प्रतिवेदन बनाइएको छ । अभियान अत्यन्तै उत्साहपूर्ण भएको, हजारांै हुम्ली जनताको बीचमा पार्टीका विचारहरू पुर्याउन सफल भएको, हुम्लाका आर्थिक, सामाजिक, राजनीतिक मुद्दाहरू उजागर गरेको निष्कर्ष निकालिएको छ ।
सात वटा पालिका, ४४ मध्ये ४३ वटा वडा र ५५ वटा टोलमा पार्टी संगठन विस्तार गर्ने, पार्टी सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्ने जस्ता काममा महत्वपूर्ण उपलब्धिहरू भएका छन् ।
अभियानकै दौरानमा जेष्ठ कम्युनिष्ट मन्चका सदस्यहरूलाई सम्मान गरिएको छ भने र विभिन्न अन्तर्क्रिया कार्यक्रमहरू भएका छन् । यस अभियानमा खटिएका र अभियानलाई सहयोग गर्ने सम्पूर्ण महानुभावहरूमा हार्दिक धन्यवाद ज्ञापन गरिएको छ ।
जिल्ला कमिटी अध्यक्ष कलबहादुर हमालको अध्यक्षतामा भएको समीक्षा बैठकमा केन्द्रीय कमिटी सदय निरज आचार्य र अभियानका केन्द्रीय प्रतिनिधि लंकबहादुर शाही बैठकलाई सम्बोधन गर्नुभएको थियो ।
अभियानको नेतृत्व गर्नुभएका केन्द्रीय कमिटी सदस्य निरज आचार्य, डम्बर बहादुर सिंह र केन्द्रीय प्रतिनिधि लङ्क बहादुर शाहीलाई जिल्ला कमिटी हुम्लाले एक कार्यक्रमको आयोजना गरी विदाई गरेको छ । पार्टी अध्यक्ष कलबहादुर हमाल, उपाध्यक्ष डबल रावत, सचिव तिर्थराज बोहरा, उपसचिव झलक ढकाल लगायत प्रदेश र जिल्लाका नेताहरूले विदाई गर्नुभएको होे ।
यसैबीच, सिमकोटमा शिक्षक, बुद्धिजीवी, कर्मचारी, उद्योग व्यवसायीसँंग अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । पार्टीका जिल्ला कमिटी अध्यक्ष कलबहादुर हमालको अध्यक्षता र केन्द्रीय सदस्य निरज आचार्यको प्रमुख आतिथ्यमा भएको अन्तर्क्रियामा केन्द्रीय प्रतिनिधि लंकबहादुर शाही, उपाध्यक्ष डवल रावत, उपसचिव चन्द्र ढकाल, उद्ययोग बाणिज्य संघ हुम्लाका उपाध्यक्ष छक्क बहादुर रोकाय, उद्योग बाणिज्य संघका प्रकाश शाही, एनजिओ फेडेरेसनका अध्यक्ष जनक बुढा, पत्रकार हरिबहादुर थापा, प्रेस चौतारीका अध्यक्ष नन्द सिंह, बुद्धिजीवी परिषदका जिल्ला अध्यक्ष नेत्रलाल हमाल, कर्मचारी संगठनका जिल्ला अध्यक्ष बर्ष शाही, शिक्षक संगठनका अध्यक्ष अमरबहादुर शाही र व्यवसायी नरेश बुमी लगायतले महत्वपूर्ण सुझाव र धारणा राख्नुभएको थियो ।