detail-img

युवा सङ्घको अध्यक्षमा क्षितिज थेवे सर्वसम्मत

नेपालगञ्ज । राष्ट्रिय युवा सङ्घ, नेपालको नवौं राष्ट्रिय महाधिवेशन क्षितिज थेवेको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गर्दै बिहीवार नेपालगञ्जमा सम्पन्न भएको छ । 
 चैत २७ गतेदेखि जारी महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्दै सम्पन्न भएको हो । अध्यक्षमा उम्मेदवारी दिनुभएका निवर्तमान कार्यसमितिका उपाध्यक्ष सन्तोष रावलले बिहीवार विहान बन्दसत्रमा उम्मेदवारी फिर्ता लिनुभएपछि थेवे सर्वसम्मत हुनुभएको हो ।  
अध्यक्ष मण्डलका सदस्य नेकपा (एमालेका) का पोलिटब्यूरो सदस्य तथा सङ्घका इन्चार्ज महेश बस्नेतले बन्दसत्र हलमा पदाधिकारी सर्वसम्मत भएको घोषणा गर्नुभयो । 
यसैगरी उपाध्यक्षमा अमित लामा, कृष्णहरि केसी, पुष्पराज श्रेष्ठ, महाराज गुरूङ, सीता सुवेदी, रमेश तिवारी र प्रकाश गौतम  निर्वाचित हुनुभएको छ । 
महासचिवमा सुमन पुरी निर्वाचित हुनुभएको छ । उप–महासचिवमा महेन्द्र गुरूङ र राजन थापा निर्वाचित हुनुभएको छ ।
सचिवमा विनय शाह, खेमराज शर्मा, जय गुरूङ, मोविन आलम, अनिता कन्दङ्वा, देवानन्द मेहता, विष्णा चन्द, पर्वत भण्डारी र कुवेर अधिकारी चयन हुनुभएको छ ।
कोषाध्यक्षका साथै आर्थिक विभाग प्रमुखमा राकेश राई निर्वाचित हुनुभएको छ ।
यसैगरी लेखा आयोगको प्रमुखमा सन्तोष चौलागाई, उपप्रमुखमा नानीराम तिवारी र सचिवमा प्रविण बोगटी, अनुशासन आयोगको प्रमुखमा राकेश लामा, उपप्रमुखमा दिपेश खड्का र सचिवमा राजन नेपाली तथा निर्वाचन आयोगको प्रमुखमा बलराम बेल्बासे, उपप्रमुखमा बाबु छत्कुली र सचिवमा गोपाल नेपाली सर्वसम्मत हुनुभएको छ ।