detail-img

किसान महासंघको अध्यक्षमा दंगाल

काठमाडौं । अखिल नेपाल किसान महासंघको अध्यक्षमा डा. प्रेम दंगाल सर्वसम्मत चयन हुनुभएको छ । 
चैत ३० र वैशाख १ गते झापामा भएको महासंघको सातौं महासम्मेलनले  दंगालको अध्यक्षतामा २०१ सदस्यीय केन्द्रीय कमिटी  सर्वसम्मत चयन गरेको हो । 
महासम्मेलनले उपाध्यक्षमा खडकबहादुर खड्का, रामशरण आलेमगर, सूर्यबहादुर शाही, बेनुप्रसाद शिवाकोटी र राजकुमार उप्रेतीलाई चयन गरेको छ भने महासचिवमा बाबुराम थापा, उपमहासचिवमा सरिता भुसाल र प्रेमनारायण अधिकारीलाई चयन गरेको छ । 
यसैगरी, सचिवमा कोशी प्रदेशबाट विश्वनाथ बराल, मधेश प्रदेशबाट उमेशप्रसाद गुप्ता, बागमती प्रदेशबाट कृष्ण अधिकारी, गण्डकी प्रदेशबाट बेगप्रसाद गर्बुजा, लुम्बिनी प्रदेशबाट आरती पौडेल, कर्णाली प्रदेशबाट टेकबहादुर बोगटी र सुदूरपश्चिम प्रदेशबाट ताराकुमारी कार्की (खाती) तथा कोषाध्यक्षमा सरस्वती बाटी चयन हुनुभएको छ ।