detail-img

मुलुक जोगाउन एमाले बलियो हुनुपर्छः बिष्ट 

सिन्धुपाल्चोक । नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मा पद प्राप्तिका लागि विचलन देखिएको बताउनुभएको छ । मिसन ग्रासरूट अन्तर्गत सिन्धुपाल्चोकको बलेफी गाउँपालिका कमिटीद्वारा आयोजित सभालाई सम्बोधन गर्दै सचिव  विष्टले ‘प्रचण्ड’ मा पद प्राप्ती वा पद जोगाउनका लागि देखापरेको अवसरवाद राष्ट्रको समृद्वि र जनताको जीवन रूपान्तरणको लागि नभई नेपालको राजनीतिमा कालो धब्बाको रूपमा देखिने बताउनुभयो ।


सचिव बिष्टले कालो बादल पन्छाएर नेपालको राजनीतिलाई खुल्ला सफा आकाश जस्तो बनाउन जरूरी रहेको बताउँदै देशको आवश्यकतालाई भविष्यमा थप परिणाममुखी बनाउन एमालेकै प्रभावकारी भूमिका बिना सम्भव नहुने धारणा राख्नुभयो । 
सचिव बिष्टले मुलुकलाई जोगाउन एमाले बलियो हुनुपर्ने बताउनुभयो । मिसन ग्रासरूटले पार्टीलाई व्यवस्थित र सुदृढ बनाउने विश्वास व्यक्त गर्दै उहाँले यसबाट  पार्टीले लिएको लक्ष्य प्राप्तिका लागि थप प्रभाकारी हुने धारणा राख्नुभयो । 
कार्यक्रममा पार्टीका अग्रज व्यक्तित्वहरूलाई सम्मान गर्नाका साथै स्ववियुमा निर्वाचित टीमलाई बधाई तथा सम्मान समेत गरियो । कार्यक्रममा  पोलिटव्यूरो सदस्य अरुण नेपाल, केन्द्रीय सदस्यहरू सरेश नेपाल, निर्मल भट्टराई लगायत नेताहरू पनि सहभागी हुनुहुन्थ्यो ।