detail-img

नेकपा (एमाले) द्वारा ‘मदन–आश्रित स्मृति कार्यक्रम’ आयोजना

काठमाडौं । नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसमा बुधवार पार्टीले मदन नगर, बल्खुमा ‘मदन–आश्रित स्मृति कार्यक्रम’ गर्ने भएको छ । 
अध्यक्ष केपी शर्मा ओली लगायत पार्टीका शीर्ष नेताहरूले जननेता भण्डारी र नेता आश्रितको तस्वीरमा माल्यार्पण गर्नुहुने छ । 
कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गर्नुहुने छ । विहान ७.४५  बजे हुने कार्यक्रममा उपस्थितिका लागि नेकपा (एमाले) ले नेताकार्यकर्ता र शुभेच्छुकहरूलाई निमन्त्रणा गरेको छ । 
जननेता भण्डारी र नेता आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा षडयन्त्रपूर्ण दुर्घटनाबाट निधन भएको थियो ।