detail-img

अध्यक्ष ओलीद्वारा बाँसुरीवादक  गुरुङको स्वास्थ्यलाभको कामना 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सङ्गीतकार कृष्ण गुरुङलाई टेलिफोन गरी उहाँको स्वास्थ्यलाभको कामना गर्नुभएको छ । 
लमजुङको सुन्दरबजार नगरपालिका–४ सिम्ले–जामुनेका स्थायी बासिन्दा बाँसुरीवादक कलाकार गुरुङ केही समयदेखि प्यान्क्रियाजको रोगबाट गम्भीररूपमा विरामी भई पोखरामा बसेर उपचाररत हुनुहुन्छ । उहाँको हालै शल्यक्रिया गरिएको थियो ।