detail-img

माओवादीका केन्द्रीय सदस्य यादव एमालेमा प्रवेश

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य वीरेन्द्रप्रसाद यादवसहित नेताकार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । अध्यक्ष केपी शर्मा ओलीले आज पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा उहाँहरूलाई खादा र अवीर लगाई स्वागत गर्नुभयो ।

 

पार्टी प्रवेश गर्नेहरूमा नेकपा माओवादी केन्द्रका मधेश प्रदेश कमिटी सदस्य सलाउद्दीन अहमद र कृष्णमोहन प्रसाद यादव, पर्सा जिल्ला कमिटी सदस्य दीपेन्द्र चौधरी हुनुहुन्छ । त्यसैगरी, माओवादी कार्यकर्ता छोटेलाल महतो, अखिलेश महतो, राजवंशी यादव, हसमुदिन देवान र छोटी यादव पनि एमालेमा प्रवेश गर्नुभएको छ ।