detail-img

बर्दियामा एकीकृत समाजवादीका ११ जना जिल्ला कमिटी सदस्यसहित सिङ्गो नगर कमिटी एमालेमा समाहित

काठमाडौं । बर्दियाको मधुवन नगरपालिकामा नेकपा एकीकृत समाजवादीको सिङ्गै नगरकमिटी नेकपा (एमाले)मा समाहित भएको छ ।
मधुवन नगर कमिटी अध्यक्ष एवं जिल्ला कमिटी सचिवालय सदस्य दुर्गाबहादुर रिमालसहित सिङ्गै नगरकमिटी नेकपा (एमाले)मै फर्किएको हो ।
नेकपा (एमाले) मधुवन नगर कमिटीले आयोजना गरेको नगरस्तरीय पार्टी प्रशिक्षण कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहनुभएका पोलिटब्युरो सदस्य एवं जिल्ला इन्चार्ज लिला गिरीले उहाँहरूलाई खादा र टीका लगाई पार्टीमा स्वागत गर्नुभएको हो ।
मधुवनबाट नेकपा (एमाले)मा फर्कनेमा नेकपा समाजवादीका ११ जना जिल्ला  कमिटी सदस्यसहित २५ जना रहेका छन्। जसमा रिमालसहित जिल्ला कमिटी सचिवालय सदस्य तथा यज्ञ मल्ल, जिल्ला कमिटी सदस्यहरू मानबहादुर मल्ल, टीकाराम थारू, पुष्करराज केसी, पुष्पा शाही, पदम बूढा, कर्ण बहादुर खड्का, हिरालाल भाट, धना पाण्डे, रेश्मी लोहार नेकपा (एमाले) मै फर्किनुभएको हो ।
त्यसैगरी नगरकमिटी उपसचिव खेमकुमारी थापासहित नगरकमिटी सदस्यहरू महेश सिग्देल, राम बोहरा, राम रतन चौधरी, देवकी रिमाल, छवि केसी, खिमा राजी, नरेन्द्रमान मल्ल, सुरज भण्डारी, शेरबहादुर खड्का, मिना खड्का, देवी गुरुङ, कल्पना थापा मगर, रामबहादुर गुरुङ पनि नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ ।
त्यसैगरी राजापुर नगरपालिकामा भएको नगरस्तरीय प्रशिक्षण कार्यक्रममा पनि एकीकृत समाजवादीका जिल्ला कमिटी सचिवालय सदस्य जयबहादुर शाह, जिल्ला कमिटी सदस्य घनश्याम थारू र कृष्ण शर्मा एमालेमा प्रवेश गर्नुभएको छ ।
त्यसैगरी माओवादी केन्द्रका फुलाराम थारू पनि एमालेमा प्रवेश गर्नुभएको छ ।