detail-img

‘समृद्ध नेपालः सुखी नेपाली’को आकाङ्क्षा साकार पार्नु नै समाजवाद हो

केपी शर्मा ओली, अध्यक्ष


हामीले प्रविधिको प्रयोग, सूचना प्रविधि क्षेत्रको प्रयोग कसरी गर्न सक्छौं, एप्सहरूको विकास र तिनको सदुपयोग कसरी गर्न सक्छौं, तिनलाई सूचना प्राप्त गर्ने र सूचना सम्प्रेषण गर्ने, ज्ञान प्राप्त गर्ने र ज्ञान सम्प्रेषण गर्ने माध्यमको रूपमा अधिकतम प्रयोग कसरी गर्न सक्छौं ? हामीले सम्प्रेषण गर्ने विषयलाई कसरी बढी आकर्षक बनाउन सक्छौं ? सम्प्रेषण गर्दा कलात्मक ढङ्गले सम्प्रेषण गर्नु र कलाबिहीन ढङ्गले सम्प्रेषण गर्नु आकाश जमिनको फरक मात्रै होइन, कहिले कहिले उल्टो पाल्टो हुन्छ । त्यसकारण हामीले विषयलाई सम्प्रेषण गर्दा कति ग्रहणीय ढङ्गले, कति आकर्षक ढङ्गले प्रस्तुत गर्छौं, त्यसको खास महत्व छ । 

एउटा कथा छ “एक जना ज्योतिषीले एक जना मानिसको हात हेरेर भनेछन् ओहो ! बुढा मान्छे कस्तो अलच्छिना रहेछ, हैट ! घरका जहान–परिवार, छोराछोरी, नातिनातीना सबै मरिसक्ने आपूm बुढेसकालमा बाँच्ने, कोही सहारा नहुने, कस्तो अभागी हात रहेछ ।” सुन्दै गएपछि बुढालाई झोक चल्यो, रिस उठ्यो, जुरुक्क उठेर ठ्याम्म दिएछ । 

अर्को  ज्योतिषी आयो, त्यही बुढोको हात हे¥यो र भन्यो –ओहो ! कति भाग्यमानी हुनुहुँदो रहेछ । घरका सबैको भन्दा हजुरको आयु कति हो कति लामो, कति भाग्यमानी धेरै वर्ष बाँच्ने, चिरञ्जीवी । कुरा उही हो । दोस्रो ज्योतिषीले फरक ढङ्गले भनेपछि बुढो रमाएर ज्योतिषीलाई दक्षिणा दिएछ । एउटै कुरा फरक फरक  तरिकाले भन्दा एउटाले थप्पड खायो, अर्कोले दक्षिणा पायो । त्यसकारण हामीले विषय सम्प्रेषण गर्दा कसरी गर्छौं भन्ने कुरा पनि ध्यान दिनु पर्छ । त्यो कुरा पनि प्रशिक्षक कमरेडहरूले तपाईंहरूलाई बताइसक्नुभएकै छ । हाम्रो शैली कस्तो हुनुपर्छ भन्ने कुराभित्र यो आएकै छ । 

तपाईंहरूले सङ्कल्प पनि पारित गरिसक्नुभएको छ । अब हामी कस्तो अनुशासन, कस्तो शैली, कस्ता विचार, कुन उद्देश्य, कुन सङ्कल्पका साथ अगाडि बढ्छौं भनेर । मैले तपाईंहरूलाई नभनी नहुने कुरा खासै केही बाँकी रह्यो जस्तो लाग्दैन । तपाईंहरूलाई भन्नुपर्ने कुराहरू विभिन्न कोणबाट आइसकेका छन् । मैले केही ऐतिहासिक तथ्यहरू र आजको अवस्था, यति बेलाको राजनीतिका बारेमा अलिकति फरक ढङ्गले केही कुराहरू कमरेडहरू समक्ष राख्छु ।

हामी मानव समाज राम्रोका लागि लामो समयदेखि सङ्घर्ष गरेर आएका छौं । कसरी मानव जातिलाई सुखी बनाउने ? कसरी दुःखकष्ट हटाउने ? हाम्रा पूर्वजहरू ओडारमा बस्थे । हाम्रो इतिहास जङ्गली अवस्थादेखि सुविधासम्पन्न भवनसम्म, खाली खुट्टा बाटो नभएका ठाउँबाट दौडिने ठाउँबाट प्लेन र पक्की बाटोमा गाडी कुद्ने समयसम्मको यात्रा, मानव जीवनलाई सहज, सरल, सुखमय बनाउने यात्रा हो ।  

मान्छेले इतिहासमा जे सङ्घर्ष ग¥यो, त्यो जीवन सहज बनाउनका लागि ग¥यो र अझ उन्नत बनाउनका लागि ग¥यो । मान्छेका सङ्घर्ष र प्रयासहरूको फलस्वरूप उपलब्धि पनि हुँदै गए, सफलता प्राप्त पनि हुँदै गए र हरेक सफलताले मानव जातिलाई अझ बढी उत्साहित गर्दै लग्यो, मानव जाति उत्साहित हुँदै गयो, आकांक्षाहरू बढ्दै गए । 

जब ओडारबाट मान्छे छाप्रामा निस्कियो । छाप्रामा निस्कियो भने अलिक बलियो छाप्रो बनाउन सकिन्छ होला भन्ने पनि सोच्यो । अलिक बलियो छाप्रोबाट दुई तला बनायो भने जुनसुकै जनावर फुत्त आएर जेसुकै गर्न पाउँदैन भनेर माथिल्लो तला बनाउन सिक्यो । सफलता प्राप्त गर्दै गयो र आकाङ्क्षा पनि बढाउँदै लग्यो । जति आकांक्षा बढाउँदै लग्यो, प्रयासहरू पनि थप्दै लग्यो र सफलताहरू पनि प्राप्त हुँदै गए र मानिस मानव समाजको रूपमा, मानवको रूपमा आयो । मानवको रूपमा आएपछि समाजलाई व्यवस्थित गर्ने थप उन्नत प्रयासहरू हुन थाले । 

यसै क्रममा मान्छेले सञ्चित गर्न जान्यो, सञ्चितीमा युगान्तकारी उपलब्धि ग¥यो । पशुसञ्चय, फलपूmल सञ्चय, कन्दमुल सञ्चय, खानेकुरा सञ्चय आदि । पानी खानाका निम्ति त खोला, खोल्सीमै पुग्नु पर्दथ्यो । त्यो पानीलाई आपूm भएकोसम्म ल्याएर राख्ने प्रबन्ध उसको त्यो सानो वैज्ञानिक प्रयास थिएन । खानेकुरा काँचै खानेभन्दा पकाएर खान सिक्यो । यसरी मान्छेको समाज विकास हुँदै गयो र मानव समाजको रूपमा थिग्रियो । 

मानव समाजको रूपमा थिग्रिएपछि त्यो प्रारम्भिक जमानालाई धर्मशास्त्रहरूको हिसाबले भन्ने हो भने सत्ययुग भन्ने गरेको छ । जो मानव समाजको अत्यन्तै कठीन युग थियो । जहाँ लाइटर सलाईं थिएनन् । अग्नि ज्वलन गर्नका लागि काठ घोट्नु पर्दथ्यो । काठ घोट्न बलिया बलिया मान्छे चाहिन्थ्यो । अग्नि पैदा गर्र्न महाभारत पर्दथ्यो । त्यसकारण अग्निको सुरक्षा गर्नु प¥यो । जसो पायो त्यसै राख्यो भने त्यसले उपद्रो मच्याउने होला । अग्निीको सुरक्षा सानो चुनौती थिएन । 
मानिसले त्यस समयलाई सत्य युग किन भनेभन्दा त्यहाँ उचनिच थिएन । खास सत्य युगमा कोही धनी थिएन, कोही गरिब थिएन । सत्य युगको अन्त्यतिर आएपछि जंगली जनावर नियन्त्रण गर्ने र जनावरलाई बाँधेर घरेलु बनाउन थाले । यस्ता जङ्चरबाट मान्छे गुज्रिँदै आयो । त्यो गुज्रिने क्रममा उसले लुटपाट गर्न पनि जान्यो । जंगली जनावर खोजिरहन भन्दा एउटा गोठ लुट्दिने । 

हामीले महाभारतमा विराटका गाईहरू अर्काले लुटेको कथा पाउँछौं । लुटिएका विराट राजाका गाईहरू उम्काउँदा पाण्डवहरूले आफ्नो परिचय दिएका थिए । अर्जुन अर्जुनको रूपमा प्रकट भएका थिए । गाई लुट्ने कुरा ठूलो युद्धको मान्छेहरूका बीचमा मारामारको विषय हुन्थ्यो । पशुधन नियन्त्रण गर्ने कुरा र यसरी सञ्चयको प्रवृत्ति, ज्ञान र प्रविधि यी चिजहरू बढ्दै गएपछि मान्छे वर्गमा विभाजित हुँदै जाने र मालिक र गैरमालिक, मालिक र दासको रूपमा विस्तारै परिवर्तित हुँदै जाने आदिम युगभन्दा पछिको जब वर्ग विभेद जन्मियो, त्यसपछि एउटा चरम अमानवीयताको सुरु भयो । 

यद्यपि पहिले पनि मानवीयता हुन्थ्यो भन्ने होइन, साह्रै कठीन जमाना थियो । तर, मान्छेले मान्छेलाई नै पहिले पहिले झुण्डहरू भेट हुँदा मारामार गर्ने, एउटा झुण्डले अर्को झुण्डलाई मार्ने खाने चल्दो हो जंगली जनावर जस्तै झुण्ड झुण्डका बीचमा । पछि जब तिनीहरू कविलाका बीचमा आए अलिकति फरक स्थिति बन्यो । एकले अर्कालाई नियन्त्रण गर्ने, मार्ने आदि चल्यो तर अलिक तरिकाहरू फेरिँदै गए । जब वर्गमा बाँडियो, गरिब र धनीमा, दास र मालिकमा बाँडिए, त्यहाँदेखि मानवीय आकांक्षाहरू फरक पर्न थाले । एउटाले आफ्नो सुख सुविधा कायम राख्न खोज्ने, अर्काले त्यो सुख सुविधा प्राप्त गर्न खोज्ने । तर, त्यो सुख सुविधाभन्दा अझ बढी दासत्वको स्थितिबाट उम्किन खोज्ने, दासत्वबाट समृद्धिमा जान खोज्ने त्यो लडाइँ उहिलेदेखि छँदैछ । 

इतिहासमा राम्ररी ज्ञात भएको लडाइँ थियो— इस्वी सन् भन्दा ७० वर्ष अगाडि स्पाटकसले ग्रिसमा एउटा दास विद्रोह । जो इतिहासमा साह्रै ठूलो विद्रोह थियो । १५÷२० हजारभन्दा बढी दासहरू एक ठाउँ संगठित भएर मालिका विरुद्ध, राज्यका विरुद्ध हमला बोले । उनीहरूले स्वाधीनता, स्वतन्त्रता, उन्मुक्तिको घोषणा गरे । हामी मानिस भएर दास हुनुपर्ने होइन । 

यसभन्दा अगाडि पनि अनेक प्रकारका सङ्घर्षहरू विभिन्न ठाउँमा छिटफुट भएको देखिन्छ । तर इसापूर्व ७० वर्ष अगाडि अथवा अहिलेभन्दा २ हजार ९२ वर्ष अगाडि स्पाटकस विद्रोह भनेर दास विद्रोह बहुतै संगठित रूपमा भयो र केही महिना जसो चलेपछि त्यो इटालीको दक्षिणी भेगमा पर्ने भूमध्य सागरको एउटा टापु सिस्लीमा दबाइयो । त्यसपछि यस्ता आन्दोलनहरू हुँदै गए, हुँदै आए जुन आन्दोलन न्याय, समानता, सुखी जीवनका निम्ति थिए, सङ्घर्ष आज पनि जारी छ । 

आजको हाम्रो देशका लागि सङ्घर्षको अन्तिम गन्तव्य के हो त ? हामीले – समृद्ध नेपाल सुखी नेपाली भनेर तोकेका छौं । यो आकाङ्क्षा हो, समृद्ध धर्ती र धर्तीका सुखी मानव जाति । यो आकांक्षा नयाँ त होइन, कति सूत्रिकृत भयो, कति भएन, कति व्यवस्थित भयो, कति भएन । तर, यो मानवको सम्पूर्ण चेष्टा र प्रयासको केन्द्र विन्दु सुख प्राप्ति हो । हामी जे काम गर्छौं, जति प्रयास गर्छौं, अध्ययन गर्छौं, खेतीपाती गर्छौं, उद्योग, व्यवसाय गर्छौं अथवा अरू प्रकारका मेहनत गर्छौं, सबै कुराहरूको अन्तिम निष्कर्ष सुख प्राप्ति हो । मान्छेले सुख प्राप्त गर्न चाहन्छ । सुख प्राप्त गर्नका निम्ति पहिलो कुरा समृद्धि हुनैपर्छ । 

भोकमरीमा सुख प्राप्त हुन सक्दैन । अभावमा सुख प्राप्त हुन सक्दैन र समृद्धि र अभावको परिपूर्ति यो मात्रै फेरि सुख प्राप्तिको बाटो होइन । त्यसकारण सुख प्राप्तिका समृद्धिसँगै मापदण्डहरू राखेर हामीले समृद्ध नेपाल सुखी नेपाली भनेका छौं । 

हामीले भनेका छौं–जैविक र मानवीय न्यायोचित आवश्यकताहरूको यथोचित परिपूर्ति र मानवीय आकाङ्क्षा, सुरक्षा र सम्मान, अधिकार, अवसरसहित न्याय समानता, आकाङ्क्षाहरू सहित त्यसको प्राप्ति, त्यसको प्रत्याभूति, त्यसको ग्यारेन्टी त्यसबाट सुखी जीवन प्राप्त गर्न सकिन्छ । यो समग्रतामा हामीले सूत्रिकृत गरेका छौं । नेपालमा समाजवाद भनेको समृद्ध नेपाल सुखी नेपालीको आकाङ्क्षा साकार पार्नु हो । 

आज हामी समृद्ध नेपाल सुखी नेपालीको हाम्रो गन्तव्य, हाम्रो उद्देश्यमा पुग्नका लागि सम्पूर्ण प्रयासहरू गरिराखेका छौं । हामीलाई पार्टी किन चाहियो ? हामीलाई  त्यस ठाउँमा पुग्नका लागि बाटो देखाउने, नीति तय गर्ने, बाटो तय गर्ने कामका लागि पार्टी चाहिएको हो । गन्तव्य त हामीले तोक्यौं तर त्यो गन्तव्यमा पुग्ने कसरी ? त्यसका निम्ति संगठित प्रयास चाहिन्छ, सही प्रयास चाहिन्छ । त्यसकारण सही नीतिहरू निर्माण गर्ने र ती नीतिहरू कार्यान्वयन गर्ने अनुशासित र गतिशील संस्था चाहिन्छ । हामीले भनेका छौं–पार्टी र संस्थाहरू साध्य होइनन्, हाम्रो गन्तव्यमा पुग्नका लागि साधन हुन्, माध्यम हुन् । मुख्य कुरा त मानवीय सुख नै हाम्रो गन्तव्य हो । 

सुखका निम्ति त्यसको परिपूरक र अनिवार्य घटक–समृद्धि हो । त्यसकारण बिना समृद्धि सुख प्राप्त हुँदैन । र, त्यो सुखका पुग्नका निम्ति हामीले गन्तव्य त सही तोक्यौं, समाजवादको उद्देश्य त हामीले तोक्यौं तर त्यसमा पुग्ने कसरी ? त्यसका निम्ति हामीसँग सही नीति चाहिन्छ । नीति कसले तय गर्ने ? नीति तय गर्न, ती नीतिहरूलाई लिएर अगाडि बढ्न, ती नीतिहरूको प्रचार गर्न, ती नीतिहरू कार्यान्वयन गर्न संस्था चाहिन्छ । हामीले यस्तो संस्था÷पार्टी बनाउन चाहन्छौं जसले देश बनाउने काममा उपलब्धि हासिल गर्न सकोस् । हाम्रा उद्देश्यहरू परिपूर्तिका लागि हामी काम गर्न चाहन्छौं । हामी सही विचार, सही उद्देश्यमा हिँड्ने, सही नीतिहरू, कार्यक्रम, योजना र लक्ष्यसहित अगाडि बढ्ने विल्कुलै अनुशासित, सक्रिय पार्टी चलाउँछौं । 

म कमरेडहरूलाई भन्न चाहन्छु,– आज हामी एउटा तीब्र वैचारिक र राजनीतिक लडाइँ लडिरहेका छौं । यो राजनीतिक लडाइँभित्र राजनीतिका विविध पक्षहरू छन् –पार्टीगत पक्ष, स्थानीय तहका पक्ष, प्रदेशका पक्ष, संघका पक्ष, सरकारका पक्ष, संसदका पक्षदेखि लिएर आर्थिक लगायतका पक्ष । यी सबै पक्षहरूलाई अगाडि बढाएर लैजाने एउटा सही पार्टी, त्यस्तो पार्टी जो अनुशासित ढङ्गले अगाडि बढोस्, यस्तो पार्टी जो संघर्षको निर्णायक विन्दुमा छ । यति बेला पनि पार्टीप्रति निष्ठा नहुने कुराको कल्पना नै गर्न सकिन्न । 

एमालेले कल्पना गर्न नसक्ने कुरा के हो भने–हाम्रो जस्तो पार्टीप्रति निष्ठा रहँदैन, कोही बफादार रहँदैन भने त्यो पार्टी कार्यकर्ता त हुन सक्दैन । पार्टीभित्र बसेर पार्टीलाई खुइल्याउने, पार्टीको प्रभाव, प्रतिष्ठा कमजोर पार्ने काम कुरा गर्छ भने त्यो पार्टीको नेता÷कार्यकर्ता केही पनि होइन । 

हामीले पार्टीलाई एकढिक्का बनाएर, एक तालसुरमा हिँडाउनु पर्छ । किनभने हाम्रो गन्तव्य भनेको देशको गन्तव्य हो, जनताको गन्तव्य हो । यो राष्ट्रिय गन्तव्य हो–समृद्ध नेपाल सुखी नेपालीको । यसमा हामी पुगिछोड्नु छ र यसमा पुग्नबाट हामीलाई रोक्ने शक्तिहरूलाई पराजित गर्नुछ । 

अघि महासचिव कमरेडले राखिसक्नुभयो, नेकपा एमाले बाहेक अर्को कुनै शक्ति छैन, जसले यो अभिभारा वैचारिक, सांगठनिक, व्यवहारिक हिसाबले उठाउन सकोस् वा आचरणको हिसाबले उठाउन सकोस्, प्रयासका हिसाबले उठाउन सकोस्, निष्ठाका हिसाबले उठाउन सकोस्, दृढताका हिसाबले उठाउन सकोस्, कुनै पनि हिसाबले उठाउन सक्ने नेकपा एमाले बाहेक अर्को पार्टी छैन । यस्तो पार्टीलाई हामीले दृढतापूर्वक रक्षा गर्नु पर्दछ । यसको विस्तार, विकास गर्न र यसलाई सफलतामा पु¥याउन अनिवार्य छ र सफलतामा पु¥याउने प्रयासहरू हामीले गरिरहेका छौं । आजको हाम्रो सङ्घर्ष त्यही हो । 

हाम्रो सङ्घर्ष खास कसैका विरुद्ध भन्दा पनि गरिबी, पछौटेपन, सामाजिक भेदभावका विरुद्ध हो र समृद्धितर्फ जान रोक्ने शक्तिका विरुद्ध हो । गरिबीका विरुद्ध लड्न नदिने खालका शक्तिहरू निर्माण हुन्छन् । हाम्रो राजनीतिक लडाइँ, सांगठनिक लडाइँ, प्रतिस्पर्धा भनेको के हो ? अहिले पाँच दलको गठबन्धनसँग हाम्रो लडाईं भनेको के हो ? भन्दा  राष्ट्रिय हितलाई रक्षा र सम्वद्र्धन गर्न नदिने, वैदेशिक दलाली आदि कुराहरू जस्ताबाट देशलाई सार्वभौमसत्ता सम्पन्न, स्वतन्त्र, एउटा स्वाभिमानी, स्वाधीन राष्ट्रको रूपमा अगाडि बढ्न नदिने प्रयासहरूलाई हामी पराजित गर्न चाहन्छौं । 

हामीले खोजेकोे देशको हित हो । देश हितविरुद्ध कोही उभिन्छ भने त्योसँग हाम्रो सङ्घर्ष हुन्छ । जब हाम्रा अग्रगमनका प्रयासहरू विथोल्ने अनेक प्रकारका विकृत सोचहरू, असामयिक, असान्दर्भिक र मानव जातिलाई अहित गर्ने, मानव जातिलाई मानव जातिको रूपमा एकजुट हुन नदिने, नेपाल राष्ट्रलाई नेपाल राष्ट्रको रूपमा एकजुट हुन, हाम्रो देश विकासको अभिभारामा राष्ट्रलाई एकजुट हुन नदिने विचार र प्रयासहरू हाम्रा महान उद्देश्यभन्दा विपरीत छन्, हाम्रा सही उद्देश्यभन्दा विपरीत छन् । त्यसकारण हामी त्यसका विरुद्ध लाग्छौं, लड्छौं । 

हाम्रो पार्टीको इतिहास स्थापना कालदेखि हे¥यौं भने पार्टीले अत्यन्त सही ढङ्गले प्रगतिशील विचारहरू लिएको छ । स्थापना कालदेखि सामाजिक न्याय समानताका विचारहरू लिएको छ । समृद्धिको पक्षमा छ, राष्ट्रिय हित र स्वाभिमानको पक्षमा छ, सार्वभौमसत्ताको पक्षमा छ । 

हाम्रो पार्टीले नेपाल एउटा स्वतन्त्र राष्ट्र हुन सक्दैन भनेर, संयुक्त राष्ट्रसंघको सदस्य हुन सक्दैन भनेर कहिल्यै तार पठाउने काम गरेन । यो पार्टी सदैव राष्ट्रियताको पक्षमा उभियो, जनताको पक्षमा उभियो, साँचो लोकतन्त्रको पक्षमा उभियो, सामाजिक न्यायसहितको लोकतन्त्र भन्यो । 

सामन्तवादलाई पूजा गरेर लोकतन्त्र हुन्छ ? अहिले पनि कतिपय आपूmलाई लोकतन्त्रवादी भन्छन् तर राजसंस्था चाहिन्छ भन्छन् । कठैबरी ! विचारको दरिद्रता, स्वाभिमानको दरिद्रता । 

संयुक्त राष्ट्र संघको वडापत्रले, मानवअधिकार घोषणा पत्रले, मानवअधिकारको वडापत्रले जन्मिँदै कोही पनि श्रेष्ठ जन्मिन्छ भन्ने मान्दैन । कुलको हिसाबले, घरानाका हिसाबले, जातका हिसाबले,  वंशका हिसाबले, नश्लका हिसाबले, लैंगिक हिसाबले, धार्मिक हिसाबले, भौगोलिक हिसाबले कोही जन्मदा श्रेष्ठ जन्मिन्छ भन्ने होइन भनेर आज विश्वले, विश्व संस्थाहरूले मानिसकेको कुरा हो । 

नेपालका आपूलाई पढेलेखेको भन्ठान्नेहरूले जन्मदा मान्छे बराबर जन्मिन्छ भन्ने नै बुझ्न नसक्नेगरी मानव अधिकार घोषणापत्र के पढ्नु भयो होला ? अचम्मको कुरा हो । जन्मदा सबै बराबरको हैसियतमा जन्मिन्छन् भन्ने नै बुझ्नु भएन । कसैको छोराछोरी जन्मिदा जस्तोसुकै भए पनि उसको सेवा गर्न पाउनुपर्छ, उसका अगाडि निहुरिन पाउनुपर्छ, उ महान् हो भन्न पाउनुपर्छ भन्ने मानसिकता पढेर के गर्ने ? 

गाउँ घरतिर एउटा भनाइ छ–चिना भन्ने हुन्छ मान्छेका ग्रहदशा जन्मकुण्डलीका आधारमा लेखिएको । त्यसमा माहु किरा भन्ने लाग्छ र माहु किराले चिना सबै खान्छ । तर, त्यसभित्र कतिवटा ग्रह छन् भन्ने कुरा माहुकिराले थाहा पाउँदैन । माहु किराले सबै चिना खायो । हाम्रा बुद्धिजीवीले पनि पीएचडी गरे तर मान्छे जन्मिदा बराबर जन्मिन्छ भन्ने कुरा र जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त भनेको कुनै वैज्ञानिकता नभएको, कुनै तथ्य नभएको सिद्धान्त हो भन्ने कुरा बुझेनन् । 

माइक भेटियो भने उफ्रिउफ्रिकन राजतन्त्र चाहिन्छ, चाहिन्छ भनेर कराउँछन्, लाज नै छैन । बाबु आमाले सुन्दा के भन्लान् ? छिमेकीले सुन्दा के भन्लान् ? अरूले सुन्दा के भन्लान् ? फलानाको छोरो राजा नै हुन पाउनुपर्छ, फलानाको नाति राजा नै हुन पाउनुपर्छ ! के भनेको हो ? देशको सर्वोच्च शासक जन्मिँदै हुन पाउनुपर्ने । त्यसका लागि क्षमताको आवश्यकता नै छैन । नागरिकको छोराछोरी त हुनै हुँदैन । आफैँ नागरिक भएर नागरिकप्रतिको कस्तो शत्रुता ? कस्तो हीनभाव ? पढे लेखेका बुद्धिजीवी ! 

मैले के भन्न खोजेको हुँ भने–हाम्रो गन्तव्य के हो, हामीले कसरी सोचिराखेका छौं ? हाम्रो पार्टी कसरी सोच्छ भन्ने कुरा कमरेडहरूले बुझ्न जरुरी छ । हामी राजनीतिका लागि राजनीति, तिकडमको, छलछामको राजनीति गरिरहेका छैनौं । हामी राजनीति देशको मुहार फेर्नका लागि गरिरहेका छौं,जनताको जीवनस्तरमा परिवर्तन ल्याउनका लागि गरिराखेका छौं । जनताको जीवनस्तरको मात्रै कुरा होइन, उनीहरूको अधिकार, अवसर, सम्मान, सुरक्षा यी सबै कुरामा ठूलो परिवर्तन ल्याउन खोजिरहेका छौं । 

हामी मानव समाजलाई न्यायोचित निष्कर्षमा, न्यायको विन्दुमा पु¥याउन चाहन्छौं । यसका निम्ति मैले अघि भन्दै थिएँ कि हाम्रो पार्टीले स्थापना कालदेखि नै न्यायको झण्डा उठायो । २००७ सालको आन्दोलनको सन्दर्भमा हामीले, हाम्रो पार्टीले त्यसको मूल्याङ्कन गर्दा २००७ सालको आन्दोलनलाई सकारात्मक रूपमा त लियो तर त्यसलाई जसरी अन्त्य गरियो, २००७ सालको आन्दोलनको हुर्मत लिने काम भयो ।

त्यससँग असहमति राखेर त्यसको अपूर्णताको कुरा गर्नेहरूप्रति हत्या, असह्य यातना, लुटपाटका व्यवहार भए । राणाशासन फालिएपछि के भयो त ? २००७ साल फागुन ७ गते प्रजातन्त्र भनेर घोषणा गरिएपछि देशभक्तहरू काटिने, देशभक्तहरू मारिने, थुनिने, देशभक्तहरू विदेश पलायन हुने, कोही हिउँमै हराउनु पर्ने खालका कुराहरू भए । त्यो लोकतन्त्र के आएछ त ? तस्वीर आफैँ बोल्छ । 

हाम्रो पार्टीले त्यसका सम्बन्धमा स्पस्ट दृष्टिकोण राख्दै आयो । यद्यपि यसभित्र विभिन्न घुसपैठ, विभिन्न दुष्प्रभावहरू पर्ने, यसलाई विभाजित गर्ने, पहिले वैचारिक विभाजन, त्यसपछि व्यवहारिक विभाजन र सांगठनिक विभाजन यस्ता कुराहरू हामीले झेल्दै आयौं । हाम्रा विपक्षमा रहेका अन्य वैचारिक धारका, दक्षिणपन्थी धारका शक्तिहरू प्रगतिशील शक्तिहरूसँग, अग्रगमनकारी शक्तिहरूसँग, कम्युनिष्ट शक्तिहरू, बामपन्थी शक्तिहरूसँग मिलेर अगाडि बढ्न तयार नै भएनन् । 
मैले के मात्रै भन्न खोजेको हुँ भने–यो लडाइँ आजदेखिको लडाइँ होइन, यो लडाइँ विगतदेखिको लडाइँ हो । यो लडाइँ नेपालको मात्रै होइन, नेपालमा हामी लडाइँ गरिराखेका छौं र विश्वमा उत्पीडित जनता यो लडाइँ लडेका छन् । उत्पीडित राष्ट्रहरूले यो लडाइँ लडे । 

यस प्रसंगमा कमरेडहरूलाई थाहा छ, कार्लमाक्र्स र फेडरिक एंगेल्सले कम्युनिष्ट घोषणापत्र १८४८ मा जारी गर्नुभयो । त्यो कम्युनिष्ट घोषणापत्र एउटा सानो पुस्तिकामा छ । अर्थात अहिलेभन्दा १७४ वर्ष अगाडि जारी गरिएको एउटा सानो पम्पलेट जस्तो सानो पुस्तिका । त्यसले दुनियाँलाई हल्लाइदियो । न्यायको पक्षमा राष्ट्रहरूलाई जगाउने, उपनिवेशबाट राष्ट्रहरूलाई मुक्त गर्ने, दासत्व र विभिन्न प्रकारका थिचोमिचो, दमन, नियन्त्रणबाट मानव जातिलाई मुक्त गर्ने, नागरिक स्वतन्त्रता र राष्ट्रिय मुक्ति यी विषयलाई लिएर घोषणा पत्रले एउटा नयाँ अभियान चलायो । 

यस्ता अभियानहरू, यस्ता विचारहरू संगठित ढङ्गले अगाडि बढ्दै गए र त्यो विचारले सबैभन्दा पहिले सफल रूप लियो । यद्यपि पेरिस कम्युनको कुरा भन्छौं, पेरिस कम्युन बेग्लै प्रकारको एउटा अभिव्यक्ति हो । यो राष्ट्रियताको सम्बन्धमा गरिएको एउटा स्वघोषित जनशक्तिको प्रकटीकरण र जनशक्ति के हो भन्ने कुराको एउटा प्रमाण हो । जनचेतनाले सिर्जना गर्ने दावानल कस्तो हुन्छ भन्ने कुराको द्योतक हो । 

तर, १९१७ मा रुसमा जुन समाजवादी क्रान्ति भनेर भयो, त्यो क्रान्ति लेनिनको नेतृत्वमा भएको थियो । त्यसले विश्वमा एउटा असाधारण परिवर्तन ल्यायो, युग परिवर्तन ग¥यो र विश्वलाई एउटा नयाँ सन्देश, व्यवहारिक सन्देश दियो । सर्वहारा, श्रमजीवी, गरिब जनताको राज्य स्थापना गरेर न्यायपूर्ण समाज स्थापना सम्भव छ भन्ने कुरा पहिलो पल्ट व्यवहारिक रूपमा देखायो र यसलाई टिकाउन र अगाडि बढाउन पनि सम्भव छ भनेर देखायो । 

एउटा नयाँ राजनीतिक प्रणाली, नयाँ आर्थिक प्रणाली, नयाँ सामाजिक प्रणाली, न्यायोचित सामाजिक प्रणाली, तीव्र विकासको आर्थिक प्रणाली र उत्पादन, उत्पादकत्व मात्रै होइन, वितरणसहितको आर्थिक प्रणाली समेत ल्यायो । यसले दुनियाँलाई साच्चै झकझकायो, मानव जातिलाई झकझकायो, शोषित पीडितलाई झकझकायो र उपनिवेशवादबाट मुक्त हुने एउटा लहर चल्यो र २०औं शताब्दी नै उपनिवेशवाद मुक्तिको शताब्दीको रूपमा रह्यो । 

माक्र्सवादी विचार र लेनिनको नेतृत्वमा भएको अक्टुबर क्रान्ति यी घटनाहरूले विश्वलाई वास्तवमै समाजवादतर्फको चरणमा प्रवेश गरायो । स्वतन्त्रता, स्वाधीनता र समाजवाद, नागरिक स्वतन्त्रता, राष्ट्रिय मुक्ति अथवा राष्ट्रिय स्वाधीनता र समाजवाद । यी तीनवटा कुरातर्फ अक्टुबर क्रान्तिले विश्वलाई प्रवेश गरायो । त्यस घटनापछि यस दिशामा विश्व प्रवेश गर्यो । त्यसका विरुद्ध अहिले हामीलाई जस्तो घेरिएको छ, त्यसै गरेर १९१८ मा सोभियत संघलाई विश्वले घेर्ने, एक्ल्याउने र सबैतिरबाट ध्वस्त पार्ने प्रयासहरू भए । त्यसका विरुद्ध मस्कोसम्म आइसकेका थिए प्रतिक्रियावादी शक्तिहरू । तर त्यसलाई पराजित गरेर सोभियत संघले आफ्नो अस्तित्व रक्षा ग¥यो, सोभियत संघको सुदृढ रचना पनि ग¥यो र त्यसको रक्षा पनि ग¥यो । 

यसरी एउटा नयाँ समाजवादी युग व्यवहारिक रूपमा प्रारम्भ भयो । जसलाई पछि विभिन्न देशहरूले फैलाउँदै गए र अहिले २÷३ वटा टे«न्डहरू देखिएका छन् ।  सोझै पुँजीवादी विचारहरूका पक्षमा रहेर समाजवादका विरुद्ध आक्रमण गर्ने र वैचारिक–राजनीतिक लडाइँ लड्ने एउटा प्रवृत्ति देखिएको छ । यो प्रवृत्ति पटक पटक पराजित भएको छ । समाजवादका विरुद्ध लड्ने पुँजीवादी प्रवृत्ति आफ्ना नीतिहरूमा पराजित भएको छ । 

अब पुँजीवाद र समाजवादका सिद्धान्तहरू, विचारहरू आमने सामनेमा हिंसात्मक गतिविधि गरेर, द्वन्द्व गरेर, लडाइँको माध्यमबाट राज्य परिवर्तन, व्यवस्था परिवर्तन गर्ने ठाउँमा भन्दा फरक ढङ्गले व्यवस्था परिवर्तन गर्ने ठाउँमा पुगेका छन् । हाम्रो पार्टीले लिएको बाटो पनि त्यही हो । आमनेसामने, हिंसात्मक ढङ्गका लडाइँबाट, हिंसात्मक द्वन्द्वबाट परिवर्तन गर्ने, क्रान्ति गर्ने, परिवर्तन गर्ने, रूपान्तरण गर्नेभन्दा फरक ढङ्गले जान सकिन्छ । किनभने आजको पुँजीवाद हिजोको पुँजीवाद जस्तो छैन । हिजोको जस्तो पुँजीवाद भएको भए नेकपा एमाले सरकारमा मज्जाले पुगेर सरकार सञ्चालन गर्न सक्दैनथ्यो होला, पाउँदैनथ्यो होला, यति स्थानीय तहमा जित्न पाउँदैनथ्यो होला, पार्टी खोल्न पाउँदैनथ्यो होला । 

हामीले २०१२ सालको अन्तिमतिरदेखि ०१३ सालसम्म त पार्टीमाथि प्रतिबन्ध भोगेकै हौं नि । त्यसपछि २०१७ सालपछि ०४६ सालको अन्तिमसम्म प्रतिबन्ध झेलेकै हौं नि । त्यसकारण अब प्रतिक्रियावादी शक्तिहरू पुँजीवादी शक्तिहरू प्रगतिशील, बामपन्थी दलमाथि प्रतिबन्ध लगाउनसक्ने हालतमा पनि छैनन् । यो लोकतान्त्रिक नीतिको कारणले, विचारको कारणले, मानसिकताको कारणले होइन कि त्योभन्दा बढी उनीहरू कमजोर भएका कारणले यस स्थितिमा पुगेका छन् । 

अब हाम्रो देशकै कुरा गर्ने हो भने–हाम्रो देशमा पुँजीवादी शक्तिहरू यसरी कमजोर भएका छन् कि उनीहरू एक्लै हामीसँग लड्ने सामथ्र्य पनि राख्दैनन् । त्यसकारण कम्युनिष्ट आन्दोलन भनेर,  कम्युनिष्ट बर्को ओढेर, राष्ट्रिय झण्डा ओढेर के के गरेर हुन्छ आएका विभिन्न स्वार्थी, इस्र्यालु अथवा महत्वाकांक्षी तत्वहरू अनेक चिजहरूको सहायता लिएर तिनको वैशाखी टेकेर अनि हामीसँग लड्न परेको छ । वास्तविक बामपन्थी शक्तिसँग लड्नु परेको छ, कम्युनिष्ट शक्तिसँग लड्नु परेको छ । 

मैले पहिलेदेखि भनिरहेको छु– हाम्रो पार्टी नेकपा (एमाले) बामपन्थी शक्तिहरूमध्ये, कम्युनिष्ट शक्तिहरूमध्ये प्रमुख शक्ति मात्रै होइन, देशको प्रमुख राजनीतिक पार्टी हो । नेकपा एमाले विचारको हिसाबले प्रमुख राजनीतिक पार्टी हो । अरु पार्टीहरूसँग तुलना गर्दा राष्ट्रियताको सम्बन्धमा उनीहरूको विचार के त ? वैदेशिक नीतिको सम्बन्धमा, वैदेशिक सहायता वा ऋणको परिचालनको सम्बन्धमा, वैदेशिक लगानीको सम्बन्धमा उनीहरूको नीति के ? उनीहरूको व्यापार नीति के ? केही छैन । हाम्रो नीति कसरी असफल पार्न सकिन्छ, त्यसमा धाँजा कसरी फटाउन सकिन्छ भन्ने मात्रै छ । उनीहरू वैकल्पिक राजनीतिक नीति, वैकल्पिक आर्थिक नीति दिन सक्ने, वैकल्पिक वैदेशिक नीति दिन सक्ने अवस्थामा छैनन् ।

एमालेका नीतिलाई अलिकति तोडमोड गरेर त्यसलाई कसरी विकृत पार्ने, कसरी त्यसबाट लिने र त्यसलाई विकृत पारेर व्याख्या गर्ने, अलिकति आफ्नो बनाउने जोगिनका लागि र अरूलाई विकृत ढङ्गले पेश गर्ने बाहेक अरू कुनै पार्टीसँग  नीति छैन । 

राष्ट्रनिर्माणको सोच के त ? केही छैन । राष्ट्रनिर्माणका लागि के के गर्नुपर्छ ? छैन । हामी तय गर्छौं र त्यसका आधारमा उनीहरू त्यसलाई तोडमोड गर्ने वा अलिकति सटाकसुटुक लिएर आफ्नो बनाउने । त्यस खालका क्रियाकलापमा वैचारिक हिसाबले अरू छन् । त्यसकारण नेकपा (एमाले) वैचारिक हिसाबले कुनै प्रतिस्पर्धी नभएको एकमात्र नेता हो नेपालको । नेकपा एमाले नेपालको एकमात्र वैचारिक नेता हो । एकमात्र विचारधारात्मक पार्टी हो, जसले विचार लिएर अगाडि बढेको छ । 

सांगठनिक रूपमा नेकपा एमाले तपाईं हामी सबैले देखेका छौं–लड्न आउँदा पनि अब त स्थापित भइसक्यो । जे गरे पनि गठबन्धन टुट्ला भन्ने डर, आतङ्क । तपाईंहरूले जहिले पनि सुन्नु भएको छ, एमालेले सिध्याउँछ, एमालेले खत्तम पार्छ, गठबन्धन टुट्यो भने हामी खत्तम हुन्छौं । एमाले मजबुत छ भनेको के हो भन्दा एमाले देशको प्रमुख राजनीतिक पार्टी हो । यसको जनप्रभाव के छ ? अहिले पनि कम्तिमा विभिन्न कोणबाट हिसाब गर्न अझै बाँकी छ । कम्तिमा नेकपा एमाले अरुभन्दा एक प्रतिशत ठूलो त छँदैछ । संसदमा अहिले पनि हामीसँग प्रतिनिधि सभामा ९८ सिट छ । नेपाली काँग्रेससँग ६१ सिट छ, माओवादीसँग ४८ सिट छ । ४८ दुना ९६ हुन्छ । हामी दोब्बरभन्दा दुई सिट बढी छौं । माओवादीले स्थानीय तहमा काँग्रेससँग मिलेर बल्लतल्ल १२० सिट ल्यायो । हामीले एक्लै २०५ सिटमा जित्यौंैं । एमालेले हा¥यो, एमालेलाई हरायौं भनेका छन् । २०५ सिट ल्याउने चाहीँ हा¥यो, १२० ल्याउने धुमधाम जित्यो रे । यो के भनेको ? 

उनीहरू आफ्नो जित केलाई ठान्छन् भन्दा एमालेले हामीलाई सानो भन्थ्यो, होचो भन्थ्यो उसको कम्मरसम्म पुगेँ नि भन्ने जितको मापन माओवादीको छ । अर्को पार्टी छ एमालेबाट छुटेर गएको । कहाँ कहाँबाट कसरी कसरी हार गुहार गरेर साँठगाँठ गर्दा १४ वटा ठाउँ जितेछ । एमालेलाई हराइयो, हाम्रो सफलता भनेर  दङ्ग परेर बसेको छ त्यो पनि । 

नेकपा एमाले असफल भएको होइन तर धेरै सफल भएको ठान्दैन । किनभने हामीले बहुमत सिट ल्याउनु पर्दथ्यो । योभन्दा धेरै भोट ल्याउनु पर्दथ्यो । हाम्रो पार्टी अहिले चुनावमा जे देखियो त्यो भन्दा धेरै व्यवस्थित ढङ्गले चुनावमा प्रस्तुत हुनु पर्दथ्यो, बढी एकताबद्ध ढङ्गले प्रस्तुत हुनु पर्दथ्यो । 

म हाम्रो पार्टीको इतिहासको कुरा गर्दै थिएँ । आज हामी यस ठाउँमा छौं । हामीलाई सर्वाधिक जनताले विश्वास गरेको स्थिति हो । विगतमा पनि हामीले राजा महेन्द्रले २०१७ सालमा कू गरेपछि, चरम दमन गरेपछि, पार्टीहरू तोडफोड गरेपछि कोही नेताहरू जेलमा हुने, कोही निर्वासनमा हुने, कोही बोल्न नसक्ने, वर्ष दिनमा एउटा पर्चा नजाने स्थिति बन्यो । त्यसबेला राणा शासनभन्दा खासै फरक केही थिएन । अहिले राजा चाहियो भन्नेहरूलाई शरम हुनुपर्ने हो । नागरिकहरू बोल्न पाउँदैनथे, बोल्न पाउँदैनथे, विचार व्यक्त गर्न पाउँदैनथे, निरङ्कुश राजतन्त्र नेपाली जनताले अहिले नै बिर्सिन्छ ? बिर्सिन मिल्छ ? देश सुनसान थियो । पार्टी पार्टीका रूपमा केही गर्न सक्ने हालतमा कोही पनि थिएन । त्यस्तो अवस्थामा काँग्रेस त्यस्तो विभाजित देखिँदैन्थ्यो । तर काँंग्रेस अशक्त, बेहालमा थियो । त्यति बेला हामीले नै हो लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नुपर्छ, जनवाद ल्याउनु पर्छ, जनगणतन्त्र ल्याउनुपर्छ भन्ने मान्यताका साथ झापाबाट आन्दोलन सुरु गरेको । आन्दोलनले सबै पार्टीहरूलाई झक्झकाउने काम भयो । केही पनि संगठन नभएका ठाउँमा झापाली युवाहरूले यत्रो तहल्का ल्याएर आन्दोलन गर्न सक्दा रहेछन् भने हामीसँग त पार्टी छ केही गरौं भन्ने अवस्थामा पार्टीहरू आए । 

त्यसबेला वीपी कोइरालाले आफ्नो वक्तव्यमा झापाली युवाहरूका कतिपय विचारहरूसँग सहमत हुन सकिँदैन तर उनीहरूको देशप्रतिको समर्पण र लोकतन्त्रका निम्ति, प्रजातन्त्रका निम्ति उनीहरूले जुन त्याग गरेका छन्, जुन बलिदान दिएका छन्, त्यो उनीहरूको बलिदानी साहस हो भनेर प्रशंसा गर्नु भएको थियो । जो मुख्य रूपमा नेपालमा वैचारिक प्रतिस्पर्धाको पुँजीवादी पक्षको अगुवाइ गर्ने नेता हुनुहुन्थ्यो । त्यस ढङ्गले हामी आयौं ।

२०३६ सालको आन्दोलन के भयो ? ०३६ सालको आन्दोलनमा गडबड गर्ने विद्यार्थी आफैँ मात्रै चलेका थिएनन् । विद्यार्थीलाई चलाउने शक्तिहरू थिए, राजनीतिक पार्टीहरू थिए, जसले २०३६ सालको आन्दोलनलाई बीचमै असफल बनाउन खोज्यो उसैलाई कालो मोसो दलेर ठेला गाडामा राखेर सहर घुमाउने काम भएको थियो । प्रगतिशील पक्षले आन्दोलनलाई अगाडि बढायो र बल्ल जनमत सङ्ग्रह घोषणा भयो । हामी सही थियौं, हामीले आन्दोलनलाई अगाडि बढायौं । बामपन्थी आन्दोलनभित्र पनि अनेक प्रकारका तरङ्गहरू देखिए, कमीकमजोरीहरू देखिए । तर बामपन्थी आन्दोलनले सामान्यतया तोकेका पाँच पूर्वसर्तहरू सही नै थिए । नेपाली कांग्रेसले ती पाँच पूर्वसर्तहरू जनमत सङ्ग्रहलाई निष्पक्ष बनाउने हो भने यो यो काम गर्नुपर्छ भन्ने कुरा मानेनन् । जनमत सङ्ग्रह निष्पक्ष गराउँदा के बिग्रिन्थ्यो ? नेपाली कंग्रेसले मानेन, वीपी कोइरालाले मान्नु भएन । केही पनि सर्त चाहिँदैन, ठपक्क जनमत संग्रहमा भाग लिने भन्यो काँग्रेसले । 

जनमत सङ्ग्रह भइसकेपछि हामीले परिणामलाई अस्वीकार ग¥यौं । धाँधली गरेर पञ्चायतको पक्षमा जुन जनमत निकालियो, वस्तुतः लोकतन्त्र र तानाशाहीका बीचमा जनमत सङ्ग्रह गरिँदैन, त्यो गर्ने कुरा होइन । त्यो एउटा छली काम हो । हाम्रो पार्टीले कहिले कहिले दुविधा पनि देखाउन खोज्यो, यो छली काम भएको हुनाले यसमा सहभागी नहुने कि भनेर तर  हामी सहभागी हुनुपर्दथ्यो, हामी सहभागी भयौं तर हामी हा¥यौं ।  त्यो छली कामको परिणाम हामीले अस्वीकार ग¥यौं । 
जनमत सङ्ग्रहको एउटा नाटक मञ्चन गरेर निरङ्कुश राजतन्त्र र पञ्चायती निर्दलीय व्यवस्थालाई टिकाउने जुन घोषणा हो, त्यो घोषणा गलत छ, त्यसलाई मान्न सकिँदैन भनेर हामीले अडान लियौं, सही काम ग¥यौं । नेपाली काँग्रेसले जनमत संग्रहको परिणाम स्वीकार गर्यो । पञ्चायतको पक्षमा जनमत आयो, पञ्चायत मान्छु भन्ने कुरा नेपाली कांँग्रेसले त्यति बेलै ग¥यो । २०३७ सालमा परिणाम स्वीकार ग¥यो र ०३८ सालबाट नेपाली काँग्रेसले पञ्चायतमा सुधारको माग ग¥यो । पञ्चायत विस्थापनको माग होइन । हामीले पञ्चायतको अन्त्यको माग ग¥यौं । हाम्रा नीतिहरू सही थिए । 

काँग्रेसको दुईतिहाइ थियो २०१५ सालको संसदमा । कम्युनिष्टको ४ सिट । कम्युनिष्टका नेता पुष्पलालले त्यही संसद राजाले पुनःस्थापना गर्नुपर्छ भनेर माग गर्दा काँग्रेसले त्यसलाई मानेन । राजाले दिने संविधान होइन, जनताले बनाउनु पर्छ भन्ने कुरालाई वा जनप्रतिनिधि मार्फत हुनुपर्छ भन्ने कुरालाई काँग्रेसले मानेन । २०१५ सालमा राजाले दिएको संविधान स्वीकार ग¥यो । धारा ५५ र ५६ सहितको संविधान स्वीकार ग¥यो र चुनावमा भाग लियो । आपूmले एकछिन जित्यो, आनन्द मान्यो, बुद्धिमत्तापूर्ण ठान्यो, दुईतिहाइ ल्याएँ भन्ने ठान्यो । तर दुईतिहाइले गलत संविधान बनाएको हुनाले त्यही गलत संविधानको धारा ५५ प्रयोग गरेर २०१७ साल पुस १ गतेको घटना भयो । संविधानमा तानाशाही अधिकार राखियो भने त्यो संवैधानिक राजतन्त्र हुन्छ भन्ने भ्रम पाल्नु हुँदैन, त्यो संवैधानिक निरंकुशतन्त्र हुन्छ भन्ने मान्यताका साथ त्यो कुरालाई कम्युनिष्ट पार्टीले त्यसैबेला विरोध ग¥यो । 

म जनमत सङ्ग्रहको परिणामपछिको अवस्थाका बारेमा आइपुगेको थिए । सुधारिएको पञ्चायत कस्तो हुन्छ भन्ने कुरा केही पनि थिएन । काँग्रेसलाई झुक्याउनका लागि ल्याइएको थियो । काँग्रेसले स्वीकार गरेर अगाडि बढ्यो । सुधारका मागहरू ०३८ सालदेखि राख्न थाल्यो । हामीले त्यसका विरुद्ध पञ्चायतमा सुधार होइन, पञ्चायती व्यवस्था हटाइनुपर्छ भन्ने मागहरू राख्यौं । यसरी आन्दोलन हुँदै आयो । 

तिमीहरूको दुईतिहाइ भएको संसद पुनःस्थापना गरौं भन्दा काँग्रेस मान्दैन । अर्कातिर निरंकुशतन्त्र र निर्दलीयताका विरुद्ध संयुक्त जनआन्दोलन गरौं भन्दा पनि काँग्रेस मान्दैन । चौथो महाधिवेशन गरेर हाम्रो पार्टीले महाधिवेशनबाट संयुक्त जनआन्दोलन गर्नुपर्छ भन्ने प्रस्ताव पास गर्यो । संयुक्त जनआन्दोलनबाट पञ्चायत र निरंकुशतन्त्र ढाल्ने भनेर फैसला गरेर गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईहरूसँग कुरा गरेपछि उहाँहरूले त्यसमा सहमति जनाउनुभयो । म गणेगशमान सिंहलाई धन्यवाद भन्न चाहन्छु । किनभन्दा गणेशमान सिंह काँग्रेसमा अलिक पछि आएर काँग्रेसका नीति मानेर चले पनि गणेशमान सिंह भनेको टंकप्रसाद आचार्यको नेतृत्वको प्रजा परिषद्मा काम गरिसकेको एउटा योद्धा हुनुहुन्थ्यो ।

प्रजापरिषद्को आन्दोलनमा आजीवन कारावासको सजाय भोगेर जेल परेको मान्छे हो । गणेशमान सिंह भनेको जेल फोडेर हिँडेको मान्छे हो । ताल तिकडमको राजनीति होइन, सङ्घर्षपूर्ण जीवन र बलिदानपूर्ण राजनीति गरेर आएको मान्छे हो । त्यसैकारण गणेशमान सिंहले पञ्चायतका विरुद्ध संयुक्त आन्दोलन गर्न हामीसँग मञ्जुर हुनुभयो । कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहसँग  मैले धेरै चरणमा वार्ता गरेको थिएँ । पछि त्यसलाई अन्तिम रूप महासचिवको हैसियतले मदन भण्डारीले दिनु भएको थियो ।

यसरी हामीले २०४६ सालमा सम्पन्न पार्टीको चौथो महाधिवेशनबाट पनि सही नीति लियौं । ती नीतिहरूको सहीपनाले नै २०४६ सालको संयुक्त आन्दोलन सम्भव र सफल भएको थियो । त्यसले एउटा नयाँ अध्यायको सुरुवात ग¥यो ।
२०४८ मा प्रतिनिधि सभामा बहुमत ल्याएपछि नेपाली काँग्रेसको अत्यन्तै दमनकारी तरिका अपनायो । निजीकरण भनेर उद्योगहरू बेचिदिने, कमिशनतन्त्रका पछि कुद्ने, आर्थिक विकासका योजना प्रभावकारी ढङ्गले, सही ढङ्गले नबनाउने कुराहरूको हामीले विरोध गर्दै गयौं । 

हामी सबैलाई थाहा छ, कि २०५१ सालमा हाम्रो पार्टी प्रमुख पार्टीको रूपमा आयो । हामीले सावधानीसाथ कदम चाल्यौं र प्रमुख पार्टीको हैसियतले अल्पमतको भए पनि एकल सरकार बनायौं । संसदमा अत्यन्तै आक्रामक, असहयोगी, अलोकतान्त्रिक क्रियाकलाप गरी आएको र गर्ने प्रतिपक्ष छ, त्यस्तो बेलामा अल्पमतको एकल सरकार नौ महिना अत्यन्तै प्रभावकारी ढङ्गले सञ्चालन ग¥यौं, चलायौं । जसले गर्दा पार्टीको लोकप्रियता  ह्वात्तै माथि गयो । त्यस अनुसारको प्रचार प्रसार पनि किन हुन सक्यो भने हामीले आफ्नो गाउँ आफैँ बनाउँ जस्ता कार्यक्रमहरू लग्यौं, जो गाउँगाउँमा पुग्यो । त्यसकारण मिडियाको भर हामीले धेरै पर्नु परेन । हाम्रा कार्यक्रमले आफैँ बोले । हाम्रा कार्यक्रमले आफैँ प्रचार गरे । हामीले ज्येष्ठ नागरिकलाई भत्ता दिने काम आरम्भ ग¥यौं । सामाजिक सुरक्षाको अवधारणा, लोककल्याणकारी राज्यको अवधारणा सुरु ग¥यौं । त्यसले बेग्लै माहोल सिर्जना ग¥यो । 

यस ढङ्गले हामीले पाँच वर्ष काम गर्न पाउने हो भने अरू पार्टीले साइनबोर्ड पनि राख्न नपाउने भयो । त्यसकारण आतङ्कित भएर उनीहरूले अहिलेको जस्तो त्यसबेला पनि मुद्दामामिलामा गएर काँग्रेसले प्रधानमन्त्री जितेर ल्यायो । अहिले पनि शेरबहादुरजीले जितेर ल्याउनु भयो । २०५२ साल भदौ १२ गते पनि जित्ने मान्छे उहाँ नै हो । शेरबहादुर देउवाजी नै त्यसपछि प्रधानमन्त्री हुन पुग्नुभएको थियो । अर्थात् शेरबहादुरजी निर्वाचनबाट प्रधानमन्त्री कहिल्यै पनि हुनु भएको छैन । पार्टीभित्रको जालझेल होस् कि देशभित्रको जालझेल होस्, संसदभित्रको जालझेल होस् कि अदालतमा पुगेर गरिने जालझेल होस्, जालझेल तिकडमबाट मात्रै शेरबहादुरजी अहिलेसम्म प्रधानमन्त्री हुनुभएको छ । यतापट्टि पनि मैले जान चाहेको होइन । खाली हाम्रो पार्टीको परम्परा गौरवपूर्ण छ, हामी सदैव देशको पक्षमा, जनताको पक्षमा उभिएका छौं भन्न खोजेको हुँ । देश र जनताको पक्षमा उभिएर हामीले विकासका निम्ति, सुशासनका निम्ति, सामाजिक न्याय र समानताका निम्ति, सामाजिक जागरणका निम्ति असाधारण ढङ्गले नीति निर्माण गरेका छौं, काम गरिरहेका छौं । हामीले अगाडि सारेका नीतिहरू नेपालमा मात्रै होइन, अन्तर्राष्ट्रिय मञ्चहरूमा दाँज्न सकिने छन् । 

कसैले हामीसँग लोकतन्त्र, लोकतन्त्रका मूल्यमान्यताका सवालमा वा कुनै पनि नीतिको सवालमा बहस गर्न चाहन्छ भने, तिनको सहीपना, तिनको वैज्ञानिकताको सम्बन्धमा बहस गर्न चाहन्छ भने हामी तयार छौं । हाम्रा नीतिहरू छिमेक सम्बन्धका बारेमा होस्, अन्तर्राष्ट्रिय नीतिहरूका बारेमा होस् सदैव सही छन्, सही रहँदै आएका छन् । 

त्यसकारण म कमरेडहरूलाई भन्न चाहन्छु,–तपाईंहरू विल्कुल आत्मविश्वासका साथ पार्टीप्रति निष्ठावान् भएर राष्ट्रनिर्माणको महाअभियानमा, समृद्ध नेपाल सुखी नेपाली बनाउने महाअभियानमा दृढताका साथ, सक्रियताका साथ अगाडि बढौं । 
कम्युनिष्ट आन्दोलन ध्वस्त पार्ने उद्देश्यका साथ एमालेलाई फुटाउने, फुटेर जाने र एमालेलाई हराइयो भनेर मादल बजाएर नाँच्नेहरूलाई नेकपा एमाले आज पनि चुनौतीका साथ भन्न चाहन्छ–कुनै पनि प्रतिक्रियावादी शक्तिले नेकपा एमालेलाई ध्वस्त गर्न सक्दैन, विभाजित गर्न सक्दैन । एकाध मान्छे बिग्रिने कुरा बेग्लै हो तर एमालेलाई क्षणिक रूपमा सबै शक्ति एकठाउँ भई हमला गरेर एकछिनका लागि कमजोर पार्ला तर कमजोर पार्न, पराजित गर्न सक्दैन किनभने यसका उद्देश्य महान छन् । एमालेका अत्यन्त पवित्र उद्देश्य छन् । त्यसकारण एमालेलाई स्थायी रूपमा कमजोर पार्न र पराजित पार्न सम्भव छैन । 

एमालेका विरूद्धमा भ्रम फिजाइन्छ । अहिले पनि एउटा भ्रम चलाइ राखेका छन्– स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) केपी ओलीले ल्याएको थियो भनेर । म तपाईंहरूलाई यहाँ दिनदिनङ्क भन्दिन चाहन्छु । कमरेडहरूले कुनै भ्रम राख्नु हुँदैन । नेकपा एमाले सदैव अत्यन्तै सजग छ । २०७२ साल असोज ६ गते (संविधान जारी भएको तीन दिनपछि) आपूm सरकारबाट हट्ने कुरो तय भइसकेपछि रक्षामन्त्रीको हैसियतले प्रधानमन्त्री सुशील कोइरालाले स्टेट पार्टनरसीप प्रोग्राममा नेपाल पनि पक्ष हुन पाओस् भनेर अमेरिकालाई आग्रह गर्ने निर्णय गर्नु भएको रहेछ । त्यो निर्णय असोज १३ गते सैनिक मुख्यालयमा पठाएको रहेछ । ६ गते उहाँले मन्त्रीस्तरीय निर्णय गर्नुभयो, १३ गते सैनिक मुख्यालय पठाउनुभयो । हेर्नु पर्छ यो तिथीमिति सही हो कि होइन भनेर । तर, हामीलाई वताइएन । म २०७२ असोज २४ गते संसदबाट निर्वाचित भएँ । २५ गते मैले सपथ ग्रहण गरेँ । तर, कात्तिक १० गते त्यस बेलाका प्रधान सेनापति राजेन्द्र क्षत्रीले अमेरिकी दुतावासलाई पत्र लेखेका रहेछन् । मन्त्रीस्तरबाट निर्णय गरेको हुँदा यो अगाडि बढाइ पाउँ भनेर उनले राजदुतलाई लेखेका रहेछन् । सामान्यतया प्रधान सेनापतिले त्यसरी पत्र लेख्दैन । त्यो रक्षा मन्त्रालयको काम हो । त्यो परराष्ट्र मन्त्रालयको काम होला । तर प्रधान सेनापति आफैँले लेखेका रहेछन्, जो कसैलाई पनि थाहा भएन । जबकी त्योभन्दा १५ दिन अगाडि म प्रधानमन्त्री भइसकेको छु तर त्यो कुरा बताइएन । त्यो कुरा गुपचुपमै राखियो र पछि फेरि प्रचण्डजी प्रधानमन्त्री भएका बेला २०७४ साल वैशाख २४ गते राजेन्द्र क्षत्रीले नै प्रधान सेनापतिको हैसियतमा अमेरिकी सेनाको पेसिफिक कमाण्डलाई पत्र लेख्नु भएको रहेछ । यो पहिलेको कुरा किन त्यतिकै सेलायो ? हामीले निवेदन गरेका थियौं । त्यो अगाडि बढाउनु प¥यो भनेर लेख्नुभएको रहेछ । 

हाम्रो सरकार आएपछि यस कुराको गाइँगुईं चल्यो ।  १ जुन २०१९ मा हाम्रो सरकार भएका बेला इन्डोप्यासिफिक स्ट्राटेजीको कुरा अमेरिकाले ल्यायो । यसको सायद ३८ पेजमा इन्डोप्यासिफिक स्ट्राटेजीमा पछिल्लो पल्ट नेपाल र श्रीलंका पनि संलग्न भएका छन् भन्ने समाचार आयो । त्यो कुरा उनीहरूले उल्लेख गरे । हामीले त्यसलाई हेरेर, यो कहाँबाट भयो ? हामी त्यसको स्ट्राटेजीमा गएका छैनौं, त्यसको पार्टनरसीपमा पनि हामी गएका छैनौं र जाने कुरा पनि आउँदैन । हाम्रो परराष्ट्र नीति, विदेश नीति कुनै कुराले पनि हामी पञ्चशीलको सिद्धान्त मान्छौं । हामी असंलग्न परराष्ट्र नीति मान्छौं । हामी तटस्थताको नीति मान्छौं । कुनै, कतैको सैन्य गुटमा, सैन्य  एलायन्समा सरिक नहुने हाम्रो नीति छ भने यस्तो कुरा कसरी आयो छानबिन गरौं भनेर समिति बनायौं । त्यसबेला प्रदीप ज्ञवालीजी परराष्ट्र मन्त्री र ईश्वर पोखरेलजी रक्षा तथा उपप्रधानमन्त्री हुनुहुन्थ्यो । परराष्ट्र सचिवको नेतृत्वमा हामीले एउटा छानबिन समिति बनायौं र त्यो छानबिन समितिले प्रतिवेदन दियोे–यो उपयुक्त छैन, यसमा सहभागी हुन सकिँदैन । 

यो सैन्य  गठबन्धन भन्ने कुरा हाम्रो सोच, राष्ट्रिय नीतिभन्दा बाहिरको कुरा हो । हामीले बाङडुङ सम्मेलनदेखि पञ्चशीलका सिद्धान्तहरू मानी आएका छौं ।  हामी कुनै पनि सैन्य एलायन्समा एकपटक, अहिले होइन कि कहिल्यै पनि जाँदैनौं भन्ने कुरा त्यसमा छँदैछ । यसो भएर हामी जाँदैनौं भन्ने हामीले निर्णय नै ग¥यौं । यसमा हामी सहभागी हुँदैनौं भन्ने निर्णय ग¥यौं । 

त्यतिबेला त्यो च्याप्टर क्लोज भयो । अहिले त्यसलाई जोडेर ल्याउन खोजिराखेका छन् । सुशील कोइराला प्रधानमन्त्री रहेको समयमा सुरू गरेको विषय म प्रधानमन्त्री, ईश्वर पोखरेल रक्षामन्त्री, प्रदीप ज्ञवाली परराष्ट्र मन्त्री भएका बेला  छानबिन गरी यो उपयुक्त होइन र नेपाल यसमा सरिक हुँदैन भन्ने निष्कर्ष निकालेर हामीले त्यसलाई अस्वीकार ग¥यौं । त्यो टुंगियो । 

अहिले आएर एउटा अन्तिम ड्राफ्ट अमेरिकी सेना नेपालमा राख्ने, साना खालका एयरक्राप्ट र अरू सैन्य सामग्रीदेखि लिएर विभिन्न संरचना, क्याम्पहरू यहीँ तयार गर्ने कुरा आएको छ । नेपाली सेनाले त्यो युताह भन्ने स्टेटको नेशनल गार्ड भन्ने सैनिक निकायसँग बराबरीको हैसियतमा सम्झौता गर्ने कुरा नै गलत छ । सैन्य सैन्यका बीचमा होइन, सरकार सरकारका बीचमा सम्झौता हुनुपर्ने, त्यो त्यसै गलत छ । सैन्य गठबन्धनमा हामी जाँदैनौं । उस बेला सुशील कोइरालाको समयमा पनि भूकम्पमा सहायता गर्ने, भूकम्पसम्बन्धी वा विपद् व्यवस्थापनको तालिम लिने भन्ने कुरा मात्रै त्यसबेला थियो । यो सेना राख्ने, सेना ल्याउने भन्ने कुरा थिएन । 

अहिले एमसीसी पास गरेपछि गठबन्धन हौसियर अब अमेरिकी सेना नेपालमा ल्याउने भन्ने ड्राफ्ट गरिकन हस्ताक्षर गर्न मात्रै बाँकी राखेको अवस्था रहेछ । त्यो हामीले थाहा पाएपछि विरोध सुरू ग¥यौं, संसदमा विरोध सुरू ग¥यौं, बाहिर विरोध सुरू भयो । यसरी यसको विरोध सुरू भएपछि, यो एक्सपोज भएपछि अहिले प्रधानमन्त्रीले म गर्दिन भन्नुभयो भनेर गठबन्धनका नेताहरूले भन्न थालेका छन् । कुनै सैन्य गठबन्धनमा नेपाल नजाने भनेर परराष्ट्र मन्त्री बोल्न थालेका छन् । तर यो ड्राप्mट के हो र यो षडयन्त्र कसले ग¥यो ? यस सम्बन्धमा उहाँहरू चुपचाप हुनुहुन्छ । स्टेट पार्टनरसीप प्रोग्राममा सहभागी नहुने भनेर मेरो नेतृत्वको सरकारको बेला टुङ्गो लागिसकेको विषय अहिले त्यस्तो मात्रै छैन, त्यति बेलाको विषय मात्रै होइन, त्यति बेलाको सन्दर्भमा मात्रै होइन, त्योभन्दा धेरै गम्भीर ढङ्गले अहिले आएको छ । 

यो भ्रम फिजाउनका लागि प्रचण्डले यो त केपी ओलीको नेतृत्वमा भएको हो भने । झुट बेइमानीको पनि हद हुन्छ नि ! मेरो नेतृत्वमा त यसलाई अस्वीकार गर्ने काम भयो । त्यसकारण साथीहरूलाई जे सुनिन्छ, त्यही हो कि भनेर नपत्याउन, त्यसका पछाडि नलाग्न वा त्यस्ता भ्रममा नपर्नका लागि मैले यति कुरा राखेँ । नेकपा एमालेको नेतृत्व अहिले एउटा ह्विममा आएको होइन । यो अनेक सङ्घर्षका उतार चढावबाट अनुभव बोकेको र केही नभएको स्थितिबाट आन्दोलनलाई यहाँसम्म ल्याइपु¥याउँदासम्मको नेतृत्व नेकपा एमालेमा छ । त्यसकारण यसले हल्काफुल्का ढङ्गले गल्ती गरिहाल्छ, जहाँ पायो त्यहीँ सही गरिहाल्छ भन्ने नठान्नुहोला । एउटा कुरा माधव नेपालले हिजो ठीकै बोलेछन्–शेरबहादुरजी रक्सी खाएर बेहोसमा सही गर्नु होला फेरि भनेर । नेकपा एमालेको नेतृत्व रक्सी पनि खाँदैन, रक्सी खाएर सही पनि गर्दैन । 

म कमरेडहरूलाई भन्न चाहन्छु–हामी अत्यन्तै सजग छौं । हाम्रा अभिभारा, उत्तरदायित्व, नेपाली जनताले हामीलाई गरेको विश्वासप्रति हामी अत्यन्तै सजग छौं । तपाईंहरू ढुक्क हुनुस् राष्ट्रियताको सवाल, आन्दोलनको सवाल कुनै कुरालाई पनि हामी गम्भीरताका साथ लिन्छौं । नेकपा एमाले र एमालेका नेताहरूलाई फुस्ल्याउन सक्ने, झुक्याउन सक्ने, अल्मल्याउन सक्ने, एमालेको नेतृत्वलाई किन्न सक्ने, पदभ्रष्ट बनाउन सक्ने कुनै चिज छैन । त्यसकारण म कमरेडहरूलाई ढुक्कले विश्वासका साथ अगाडि बढ्न आग्रह गर्न चाहन्छु । दृढताका साथ अगाडि बढ्नुस् ।

एउटा कुरा फेरि म तपाईंहरूलाई आग्रह गर्न चाहन्छु–यो बामपन्थी, बामपन्थी...बामपन्थी एकता । लौन उता तोड्नु प¥यो, तोडेर जोड्नु प¥यो । यस खालका कुरा गरेर हीनभाव देखाउनु हुँदैन । 

एक जनाले प्रार्थना गर्थे अरे ः प्रभु मलाई साथीहरूबाट बचाइदेउ, आफन्तहरूबाट बचाइदेउ भनेर । विरोधीले त मलाई पराजित गर्न सक्दैन, आफन्तले भित्रबाट धोका दिए भने खत्तम पार्छन् है भनेर । अहिले अलिकति हाम्रोमा त्यस्तो भएकै छ । त्यो यथार्थ हो । हामीले आपूmलाई सच्याउनु पर्दछ । ककसले ग¥यो, ककसले गरेन त्यो आप्mनो ठाउँमा होला । जसले ग¥यो मनलाई सम्झिएर आपूmलाई ढाँट्न सकिँदैन । यो एमालेपन होइन । मैले हिजो पनि कुरा गरेँ कि इमानको अर्थ, नैतिकताको अर्थ र मति सही हुनुपर्छ भन्ने कुराको महत्व हिजो पनि भनेँ । आज पनि म साथीहरूलाई भन्न चाहन्छु– यसमा हामीले ध्यान दिनै पर्छ नत्र राजनीतिमा हामी सफल हुनै सक्दैनौं । बेइमानी, तिकडम, छलछामबाट राजनीतिमा सफल हुन सकिँदैन । इमानदार प्रयासबाट मात्रै सफल हुनसक्छौं । यदि बेइमानी गरेको मान्छेलाई पार्टीले टिकट दियो भने भने जनताले भोट दिँदैनन् । हामीले बुझ्न पर्दछ कि पार्टीले उम्मेदवारी दिने मात्रै होइन, जनताले भोट दिन इमानदार र सक्षम छ भनेर मान्नु प¥यो । त्यसकारण इमानदारी र क्षमताका साथ हामीले काम गर्नुपर्छ । 

मैले मोटामोटी रूपमा हाम्रो इतिहास, हाम्रो पृष्ठभूमि, आज हामी कहाँ छौं, अब के गर्दैछौं भन्ने कुरा र अब देश पुँजीवादपन्थीहरूले जित्ने कि समाजवादपन्थीहरूले जित्ने, यथास्थितिवादी शक्तिहरूले जित्ने कि अग्रगामी शक्तिहरूले जित्ने ? विकासका संवाहक शक्तिहरूले जित्ने कि विकासमा बाधाव्यवधान पुर्याउनेहरूले जित्ने ? देशभक्त शक्तिले जित्ने कि आफ्ना स्वार्थका लागि देशको इज्जत, सम्मान, हक अधिकार, सार्वभौमसत्ता र स्वाधीनतासमेत पनि बन्दक राख्न सक्ने अथवा त्यसलाई बेचिदिन सक्नेहरूले जित्ने जनतालाई बुझाउनुपर्छ । 

हामीले अलिकति प्रचार पु¥याएनौं भन्ने कुरा । खास गरेर उम्मेदवारहरूले मैले यो गरँे, त्यो गरँे भन्ने तर पार्टीको नीति यो छ, पार्टीले यो ग¥यो नभन्ने । यस पटकको चुनावमा पनि पार्टीका कुराहरू जसरी जानु पर्दथ्यो, त्यसरी नजाने त्यस्तो खालको स्थिति रह्यो । आफ्नो प्रचार बाहेक पार्टीको प्रचार नगर्ने जस्ता कुराहरू पनि उपयुक्त हुँदैनन् । कतिपय ठाउँमा मान्छेहरूले आफ्नै प्रचार गरेको पनि देखिएन । त्यस्ता कुराहरूबाट जोगिनु पर्छ । एउटा भनाई छः माछाले पानीमा, समुद्रमा एकैचोटी लाखौ फुल पार्छ । कसैले पनि थाहा पाउँदैनन् । अनि कुखुराको पोथीले एउटा अण्डा पार्छ । अनि अण्डा पारेपछि कराउँछ, क्वाकक्वाक गरेर कराउँछ । अनि सबैले थाहा पाउँछन् । एउटा अण्डा पार्दा सबैले थाहा पाउने, लाखौं पार्दा कसैले थाहा नपाउने । माछाले फुल पारेको जस्तो फुल चाहीँ पार्ने भन्न चाहीँ नसक्ने भयो भने कसैले पनि थाहा पाउँदैन । त्यसकारण कुखुराको जस्तो प्रचार गर्नुपर्ने छ । 

हामी काम चाहिँ गर्छौं तर काम गरेको कुरा प्रचार गर्दैनौं । हामी यो यो काम ग¥यौं भन्न सक्नु प¥यो । हाम्रा नीति यी हुन् भनेर भन्न सक्नु प¥यो । अहिलेको सरकारको नीति कार्यक्रम, बजेटमा के छ नयाँ भन्नुस् त ? केही पनि छैन । मैले अघि भनेँ, वैकल्पिक सोच, वैकल्पिक दृष्टिकोण, नीति, योजना, कार्यक्रम केही कसैले ल्याउनै सकेको छैन । नयाँका साथ अगाडि बढ्ने एमाले मात्रै हो । तसर्थ हाम्रा कमरेडहरूले एमाले नयाँ दृष्टिकोणका साथ अगाडि बढ्ने, नयाँ नीतिका साथ अगाडि बढ्ने र नयाँ कार्यक्रमका साथ अगाडि बढ्ने, नयाँ संकल्पका साथ अगाडि बढ्ने, नयाँ अठोटका साथ अगाडि बढ्ने पार्टी हो भन्ने कुरामा स्पस्ट हुनुपर्छ । 

हाम्रो पार्टी विल्कुल एकताबद्ध अगाडि बढ्छ, केको दाउपेच, केको छिर्के लगाइँ हो ? म त छक्क पर्छु । छिर्के किन लगाउनुप¥यो ? एक अर्काको चरित्र हत्या किन गर्नु प¥यो । एक अर्कामा तछाडमछाड किन गर्नु प¥यो । फेरि पालो आउँछ । सबै हारियो भने कहिल्यै पनि पालो आउँदैन, कतै पनि पालो आउँदैन । हार्नेहरूको पालो आउँछ ? जित्नेहरूको मात्रै पालो आउँछ । भान्छा छ, भान्छामा खानेकुरा छ भने लाइनमा बसेर खान सकिन्छ । भान्छा नै भत्काइदिनु भयो भने खाना नै घोप्ट्याइदिनु भयो भने लाइनमा बसेर के गर्ने ? लाइन त उछिन्नु होला, धकेलेर अगाडि पुग्नु होला, हुन्छ के ? त्यसकारण पहिले भान्छा जोगाऔं, भान्छाको खानेकुरा जोगाऔं । त्यसो भएपछि लाइनमा लाग्दा खाने पालो आउँछ । यहाँ भान्छा चाहिँ भत्काउने, खाना चाहिँ घोप्ट्याउने अनि लाइनमा अर्कालाई कुहिनाले हानेर अगाडि जाँदा के भेटिन्छ ? केही पनि भेटिँदैन । 

धेरै ठाउँमा हारियो, के भेटियो ? कुहिनाले हानेर त हो नि । भान्छा भत्काएर त हो नि । खाना घोप्ट्यार त हो नि । त्यसकारण यो तरिकाबाट हामी माथि उठ्नु पर्छ र हाम्रो काँधमा रहेका महान अभिभाराहरू, यी महान अभिभाराहरूलाई हामीले हृदयङ्गम गर्नैपर्छ, अङ्गिकार गर्नैपर्छ । गीत गाउनेले त भन्छन्, रिस, राग पैतालामुनि भनेर ।  रिस, राग पैतालामुनि राखेर, स्वार्थ पैताला मुनि राखेर, अहङ्कारलाई पैतालामुनि राखेर एकजुट भएर अगाडि बढौं । तपाईंहरूले यसलाई आप्mनो मनमा मन्त्रको रूपमा लिनुस् र यो सन्देश आफ्नो कार्यक्षेत्रमा लिएर जानुस् ।

 

(नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २०७९ साल असार ३ गते स्थानीय निर्वाचन २०७९ मा निर्वाचित जनप्रतिनिधिहरूका लागि आयोजित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा गर्नु भएको सम्बोधनको सम्पादित अंश)

लोकप्रिय समाचार

cpnuml

गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई राजिनामा दिन उपमहासचिव गुरुङको सुझाव 


पोखरा । नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलले बजेटमाथि छलफल सुरू नगर्ने हो भने मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने माग राखेको छ । 
गण्डकी प्रदेश एमाले संसदीय दलले बुधबार पत्रकार सम्मेलन गरी मुख्यमन्त्रीको राजीनामा माग गरेको हो । 
गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री एवं प्रदेश सभाका प्रमुख प्रतिपक्षी दलका नेता पृथ्वीसुब्बा गुरुङले यस्तो माग गर्नुभएको हो । 
उहाँले पत्रकार सम्मेलनमा गण्डकी प्रदेश सभामा तत्काल बजेट सत्र सुचारु गर्न माग गर्नुभयो ।  
गण्डकी प्रदेशसभा अनिश्चितकालका लागि स्थगित गरिएको र आफूहरूले खोल्न गरेको आग्रहलाई अस्वीकार गरेकाले पत्रकार सम्मेलन गरी यस्तो माग गरेको बताउनुभयो । 
असार १ मा अर्थमन्त्री रामजी बरालले बजेट प्रस्तुत गरेपछि छलफल स्थगित छ । त्यसो त ५ असारमा छलफल सुरु गर्ने भनिए पनि सत्ता गठबन्धनभित्रैको विवादका कारण छलफल रोकिएको हो । 
‘सभामा बजेट प्रस्तुत गरेर सत्ता पक्षले नै अनिश्चितकालका लागि सदन स्थगित गर्ने काम गैरसंसदीय हो,’ एमाले उपमहासचिव समेत रहनुभएको गुरुङले भन्नुभयो, ‘लोकतान्त्रिक परिपाटी अनुसार सरकारलाई चल्न आग्रह गर्दछु ।’ 
उहाँले बजेटमाथि छलफल गराउन पनि नसक्ने र मुख्यमन्त्रीलाई पनि मन्त्रीले नमान्ने कुरा लोकतान्त्रिक नहुने बताउनुभयो ।  
‘मुख्यमन्त्रीले भनेको नमान्ने मन्त्रीलाई तत्काल  हटाउन र त्यो पनि नसक्ने हो भने आफैँ राजीनामा दिन म मुख्यमन्त्रीलाई सुझाव दिन्छु,’ उहाँले भन्नुभयो ।

cpnuml

थारु समुदायसँगको सहमति कार्यान्वयनमा पार्टी गम्भीर छः अध्यक्ष ओली 


काठमाडौँ । थारु कल्याणकारी सभाका पदाधिकारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी सरकारसँग भएका छ बुँदे सम्झौता कार्यान्वयनका लागि सकारात्मक भूमिका निर्वाह गरिदिन आग्रह गरेका छन् । 
पार्टी कार्यालय च्यासलमा भेट गरी उनीहरूले पूर्व प्रधानमन्त्री ओलीसँग यस्तो आग्रह गरेका हुन् ।  
भेटमा अध्यक्ष ओलीले थारू कल्याणकारी सभाका मागप्रति आफू सकारात्मक रहेको बताउनु भएको थियो । 
आफू प्रधानमन्त्री हुँदादेखि नै थारू समुदायका मागप्रति सकारात्मक रहेको भन्दै आगामी दिनमा पनि ती माग पूरा गर्ने सन्दर्भमा आफू र आफ्नो पार्टीले सक्दो सकारात्मक भूमिका निर्वाह गर्ने बताउनु भएको थियो । 
‘म अहिले होइन, पहिलादेखि नै तपाईँहरूको मागप्रति सकारात्मक छु,’ उहाँले भेटमा भन्नभयो, ‘म प्रधानमन्त्री हुँदा नै तपाईँहरूसँग छ बुँदे सहमति भएको हो । त्यसैले म अहिले प्रधानमन्त्री नभए पनि तपाईँहरूका माग सम्वोधनका लागि निरन्तर लड्ने छु ।’ 
थारू कल्याणकारी सभाले लोकसेवा लगायतका सरकारी निकायहरूमा थारु क्लस्टर छुट्याउनुपर्ने, समावेशी सिद्धान्त अनुसार जनसंख्याको अनुपातमा ६.६ प्रतिशत कोटाको माग सम्वोधन हुनुपर्ने जस्ता माग उनीहरूका छन् । 
समावेशी सिद्धान्त अनुसार जनसंख्याको अनुपातमा ६.६ प्रतिशत कोटाको माग गर्दै अहिले सर्वोच्च अदालतमा मुद्धा दायर भएको छ । उक्त विधेयकमा थारूहरूले पहल गरिदिन पनि आग्रह गरेका थिए ।  
जवाफमा अध्यक्ष ओलीले समावेशी सिद्धान्त अनुसार जनसंख्याको अनुपातमा ६.६ लाई सात प्रतिशत गर्न सकिने तर छ प्रतिशतमा झार्न नमिल्ने तथ्यको समेत ध्यानाकर्षण गराउँदै अदातलले पनि थारूहरूका पक्षमा न्याय गर्नेमा आफू आशावादी रहेको बताउनुभयो ।  
थारू कल्याणकारी सभाले २०७८ चैत १६ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा सरकारसँग थारु कल्याणकारी सभा÷थरुहट÷थारुवान संयुक्त सङ्घर्ष समितिसँग भएको छ बुँदे सहमति कार्यान्वयनको माग गर्दै ज्ञापनपत्र बुझाएको थियो ।  
ज्ञापनपत्रमा सात प्रतिशत थारू आरक्षणको व्यवस्था साथै विगतमा मुक्त कमैया तथा कमलरी लगायत थारूसँग भएको सम्पूर्ण सहमति कार्यान्वयन गर्न माग गरेको थियो । 
ज्ञापनपत्र बुझाउन एमाले सांसद गंगा चौधरीसहित थारू कल्याणकारी सभाका तर्फबाट महामन्त्री प्रेमीलाल चौधरी, कन्नुलाल चौधरी, कुछतनारायण चौधरी, सुमन चौधरी लगायत च्यासल पुग्नुभएको थियो ।  
भेटपछि प्रेमीलालले अध्यक्ष ओली थारूहरूका मागमा सकारात्मक रहेको भन्दै उहाँ गम्भीर ढङ्गले आफ्नो कार्यकालमा भएका सम्झौता कार्यान्वयनका लागि पहल गरिरहने बचनबद्धता व्यक्त गरेको बताउनुभयो । 
‘पूर्वप्रधानमन्त्री ओली हाम्रा माग सम्वोधन गर्ने सन्दर्भमा निकै सकारात्मक पायौँ,’ उहाँले भन्नुभयो, ‘हामी माग सम्वोधन हुनेमा आशावादी छौँ ।’ 
छ बुँदेमा संविधानमा उल्लेखित व्यवस्था र सम्मानित सर्वोच्च अदालतको फैसला अनुसार राज्यका हरेक तह र तप्कामा थारूहरूको आरक्षणको व्यवस्था तथा सबैखाले थारू समुदायको बारेमा संविधान अनुरूपको व्याख्या र व्यवस्था कायम गर्ने, संविधान बमोजिम थारूभाषी बाहुल्य क्षेत्रमा प्राथमिक तहसम्मको शिक्षा मातृभाषामा पठन–पाठनको व्यवस्था गर्ने, कमैया, कमलरी सङ्घर्ष समितिसँग विगतमा सरकारले गरेको सहमति कार्यान्वयन गर्ने, थरूहट÷थारूवान आन्दोलनका क्रममा सहिद भई राहत प्राप्त गर्न छुटेका परिवारलाई राहत उपलब्ध गराउने, सहिद परिवारको उचित व्यवस्थापन गर्ने, घाइतेहरूको उपचार गर्नेलगायत छन् ।      

 

cpnuml

मेसिनबाट धान रोपेपछि अध्यक्ष ओलीले भन्नुभयो– ‘धानका लागि नेपालको जमिन उत्तम छ’

 

भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली १९ औँ राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सवमा सहभागी हुनुभएको छ ।

 पार्टीको जनसंगठन अखिल नेपाल किसान महासंघले भक्तपुरको सिरूटारमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओली प्रमुख अतिथिको रूपमा सहभागी भई करीब १५ मिनेट मेसिनबाट धान रोप्नुभएको थियो ।

अध्यक्ष ओलीसँगै पत्नी राधिका शाक्य र अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालसहितका नेता कार्यकर्ताहरू रोपाईंमा सहभागी हुनुभएको थियो ।

रोपाईं कार्यक्रममा संक्षिप्त सम्वोधन  गर्दै अध्यक्ष ओलीले ६० प्रतिशत जनता कृषिमा निर्भर रहेको अवस्थामा धान आयात गर्नुपर्ने कुरा सकारात्मक नभएको बताउनुभयो ।

‘बहुसंख्यक जनता कृषिमा निर्भर भए पनि हाम्रो अवस्था भने आयातमा भर पर्नुपर्ने छ,’ उहाँले भन्नुभयो, ‘यो सकारात्मक होइन । यो स्थिति हाम्रा लापर्वाही, असावधानी र प्रयास नगरेको कारण भएको हो ।’

 उहाँले आगामी दिनमा उत्पादन बृद्धिको बाटोबाट, जमिन खेर जान नदिने माध्यमबाट, कृषिको आधुनिकीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

 ‘सही योजनाका साथ काम गरे धान उत्पादनमा नेपालले फड्को मार्न सक्छ,’ उहाँले भन्नुभयो, ‘नेपाल कृषि प्रधान देश हो र नेपालको मुख्य खाद्यान्न बाली भनेको धान हो । धानका लागि नेपालको जमिन उत्तम छ । हामीसँग समथर तराई र उर्वर माटो छ, त्यसै गरेर यहाँको हावापानी उत्तम छ धानको लागि,’ ओलीले भन्नुभयो ।

cpnuml

कृषि र पर्यटनलाई जोडेर नेपालको अर्थतन्त्र माथि उठाउन सकिन्छः महासचिव पोखरेल

 

ललितपुर । आज असार १५ गते राष्ट्रिय धान दिवस । यस अवसरमा आज देशभर रोपाईं विशेष कार्यक्रमहरू आयोजना गरिएको छ ।

नेकपा (एमाले) का जनसंगठन अखिल नेपाल किसान महासंघ र राष्ट्रिय युवा संघ नेपालले उपत्यकाका ललितपुर र भक्तपुरमा विशेष रोपाईं कार्यक्रम आयोजना गरे ।

अखिल नेपाल किसान महासंघले भक्तपुरको सिरूटारमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा १९ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवको आयोजना गरेको छ भने ललितपुरमा राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको रोपाईं विशेष कार्यक्रमको प्रमुख आतिथ्यता महासचिव शंकर पोखरेलले गर्नुभयो ।    

ललितपुरको फर्सीडोल, बुङमतीमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव शंकर पोखरेलले कृषि र पर्यटनलाई जोडेर नेपालको अर्थतन्त्रलाई माथि उठाउन सक्ने बलियो आधार रहेको बताउनु भयो । 

‘कृषि र पर्यटनलाई जोड्ने हो भने नेपालको भविष्यको सम्भावना छ,’ पोखरेलले भन्नुभयो, ‘नेपालको कृषिलाई आत्मनिर्भर बनाउने र आयात प्रतिस्थापन गर्ने विन्दुमा पुर्याउने मात्रै होइन निर्यात गर्न सक्ने क्षेत्रका रूपमा पनि विकास गर्न सकिन्छ ।’

उहाँले अहिले पनि नेपालले कृषि पैदावार समेत आयात गर्नुपर्ने अवस्था रहेको स्मरण गराउनुभयो ।

‘अब त्यसलाई बदल्न जरुरी छ । त्यसका लागि यन्त्र उपकरण र आधुनिक बीउ–बिजनको माध्ययमबाट खेती प्रणाली अगाडि बढाउन र कृषिका माध्यमबाट उत्पादकत्व बढाउन आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘स्वस्थकर खाना कहाँ पाइन्छ ? भन्दा नेपालमा भन्ने विकास गर्न सकियो भने हाम्रो पर्यटन उद्योग पनि फस्टाएर जान्छ भन्ने मान्यताका आधारमा अब नेपालका युवा कृषिमा फर्किनुपर्छ र राष्ट्र निर्माणको आधारका रूपमा अगाडि बढाउनुपर्छ ।’

पोखरेलले असार १५ लाई नेपाल सरकारले नेपालमा धान खेतीलाई  प्रवद्र्धन गर्ने दिवसका रूपमा मनाउने गरेको भन्दै नेपालको सँस्कृतिलाई हेर्ने हो भने पनि असार १५ एउटा विशेष पर्व अर्थात् मानो रोपेर मुरी उब्जाउने पर्वका रूपमा नेपाली समुदायमा प्रचलित रहेको बताउनुभयो ।

‘यो पर्वलाई हामीले कृषिको आधुनिकीकरण र व्यवसायीकरणसँगै राष्ट्रिय सङ्कल्पसँग जोडेर कृषिका माध्ययमबाट नेपाली समाजको रूपान्तरण गर्ने योजनातर्फ अगाडि बढ्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘कृषिमा रहेको परम्परागत तरिकालाई क्रमशः आधुनिकीकरण गर्नुपर्ने आवश्यकता छ ।’

उहाँले पछिल्लो समय प्रकृतिसँग बदलाव आइरहेको भन्दै त्यससँग जुध्न प्रकृतिमैत्री उत्पादनमा पनि जोड दिनुपर्ने बताउनुभयो ।

‘त्यसमा पनि जैविक उत्पादनमा हामीले जोड दिनुपर्ने अवस्था छ,’ पोखरेलले भन्नुभयो, ‘अहिले नेपालको ठूलो युवा जनशक्ति विदेश पलायन भएको छ ।  त्यो जनशक्तिलाई मुलुकभित्र नै राख्न सक्ने सामथ्र्य छ भने त्यो भनेको कृषि नै हो । त्यसैले हामीले युवालाई कृषिमा आत्मनिर्भर बनाई स्वदेशमै फिर्ता ल्याउने कुरामा बढी ध्यान केन्द्रित गर्न आवश्यक छ ।’

उहाँले अहिलेको युवा कृषि प्रणालीबाट अलग भैरहेको अवस्थाबाट गुज्रिरहेको भन्दै फेरि युवालाई कृषि प्रणालीतर्फ फर्काउने कुरामा भूमिका खेल्न जरुरी रहेको बताउनुभयो ।

‘कृषिलाई हामीले आधुनिक तरिकाबाट अगाडि बढाउन खोज्यौँ र कृषिमा प्रविधिको प्रयोग गर्न सक्यौँ भने जति युवा विदेश जानु भएको छ, ती सबै युवालाई कृषिबाटै रोजगारी दिन सकिन्छ,’ उहाँले भन्नुभयो, ‘यो पर्व यही सङ्कल्पका साथ अगाडि बढ्न सकोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु ।’

cpnuml

लमजुङमा काँग्रेस लगायत विभिन्न दलका १४८ जना एमालेमा

 

 

बेसीसहर । लमजुङमा नेपाली काँग्रेस र अन्य विभिन्न पार्टी परित्याग गरी १४८ जना नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

नेपाली काँग्रेस सुन्दरबजार नगरपालिका समितिका पूर्व सभापति द्वारिकाप्रसाद मिश्र, जनता समाजवादी पार्टीका केन्द्रीय सल्लाहकार ऋषिराम पोखरेल, जनता समाजवादी पार्टीका जिल्ला सल्लाहकार लक्ष्मीप्रसाद मिश्र, नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि शिवकुमारी मिश्र, राष्ट्रिय कर्मचारी संगठन नार्कका केन्द्रीय सदस्य माओवादी सम्बद्ध रामचन्द्र मिश्रलगायत एमाले प्रवेश गर्नु भएको हो । 

नेकपा (एमाले) जिल्ला कमिटी लमजुङले सुन्दरबजारमा २०७९ असार १४ गते आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेकपा (एमाले) का उपमहासचिव, प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले उहाँहरूलाई स्वागत गर्नुभएको थियो ।

उपमहासचिव गुरूङले नवप्रवेशीहरूलाई पार्टीमा सक्रियतापूर्वक काम गर्न अनुरोध गर्दै सक्रियताका आधारमा पार्टीमा विना भेदभाव जिम्मेवारी दिइने बताउनु भयो ।

नेपाली काँग्रेस परित्याग गरी एमालेमा प्रवेश गर्नुभएका द्वारिकाप्रसाद मिश्रले कुनै स्वार्थका लागि नभई आफू बसेको ठाउँ सही नभएका कारण एमालेमा प्रवेश गरेको बताउनुभयो ।

जनता समाजवादी पार्टीका केन्द्रीय सल्लाहकार ऋषिराम पोखरेलले काम गर्ने ठाउँ सही हुनुपर्छ भन्ने उद्देश्य र एमालेलाई राम्रो बनाउनुपर्छ भन्ने लक्ष्यका साथ एमालेमा प्रवेश गर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय सदस्यहरू टुका हमाल, जमिन्द्रमान घले, प्रदेश कमिटीका सचिव धनञ्जय दवाडी लगायतको उपस्थिति थियो ।

कार्यक्रम नेकपा (एमाले) जिल्ला कमिटी अध्यक्ष कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा भएको थियो ।

 

 

 

नेकपा (एमाले) को मोबाइल एप डाउनलोड गर्नुहोस् ।

cpnuml
सम्पर्क

कुनै प्रश्न वा सुझाव भएमा यहाँबाट पठाउनुहोस् ।

https://github.com/igoshev/laravel-captcha