detail-img

मुक्ति समाजद्वारा केन्द्रीय कमिटीमा मनोनयन, कार्यविभाजन र कार्ययोजना पारित 

नेपाल उत्पीडित जातीय मुक्ति समाज केन्द्रीय कमिटीको दोस्रो बैठक केन्द्रीय कमिटीमा सदस्य मनोनयन, सचिवालय तथा स्थायी कमिटी गठन, कार्यविभाजन र आगामी कार्ययोजना पारित लगायत विभिन्न निर्णय गरी सम्पन्न भएको छ । 
२०७९ असार ४ र ५ गते काठमाडौंमा बसेको बैठकले २९९ सदस्यीय केन्द्रीय कमिटीमा विधानतः दशप्रतिशत मनोनीत गरी कमिटीलाई पूर्णता दिएको छ । 

बैठकमा पार्टीका महासचिव शंकर पोखरेलले समसामयिक राजनीतिक परिस्थिति र संगठनको आगामी कार्यभारका विषयमा मार्गनिर्देशनमूलक मन्तव्य राख्नुभएको थियो । 

त्यसैगरी बैठकमा जनसंगठन समन्वय संयन्त्रका संयोजक पार्टीका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, संगठनका इन्चार्ज जितु गौतम, सहइन्चार्ज बोमबहादुर विश्वकर्माले पनि आफ्ना भनाइहरू राख्नुभएको थियो ।   

केन्द्रीय कमिटीमा मनोनयन हुने ३३ जना सदस्यहरूमा उर्मिलादेवी पासवान (धनुषा), कल्पना बराल (काठमाडौं), जानुका सुँयल (भोजपुर), यमुना विश्वकर्मा (काठमाडौं), यज्ञकुमारी रुचाल (धनकुुटा), लक्ष्मी विक (सुर्खेत), गीता सिनार परियार (बैतडी), विनोद सुनार (दैलेख), विद्या विक (नवलपुर), रुपलाल विक (दैलेख), दीपेन्द्र पासवान (मोरङ), प्रेम पुजारी पोडे (काठमाडौं), खगेन्द्र लकान्द्री (सिराहा), निर्मलकुमार रम्तेल (सिन्धुली), विनोद विक (हुम्ला) हुनुहुन्छ । 

त्यसैगरी बैठकले कुमार विश्वकर्मा (दोलखा), कोपिला दियाली (कास्की), नविन विक नेपाली (जाजरकोट), जयबहादुर विक (बझाङ), लालबहादुर विक (दार्चुला), हेम सुन्दास (काठमाडौं), रामविलास महरा (सिराहा), विवश बुढाथोकी (लमजुङ), कृष्ण गजमेर (तनहुँ), किसान सुनार (कास्की), नैना रुचाल (धनकुटा), विजय विश्वकर्मा (चितवन), छत्र बराइली –इलाम), हरि रसाइली (पर्वत) रामचन्द्र राम (पर्सा), सुरेश पासवान (पर्सा), भोजबहादुर थापा कुमार (म्याग्दी) र नारायण खाती (पाँचथर) लाई केन्द्रीय कमिटीमा मनोनयन गरेको छ । 

बैठकले १८ जना केन्द्रीय कमिटीका सदस्यलाई स्थायी कमिटीको जिम्मेवारी दिएको छ भने ९५ जना केन्द्रीय सदस्यलाई सचिवालयमा ल्याउने निर्णय गरेको छ । 

त्यसैगरी सातै प्रदेश र जिल्ला कमिटीका इञ्चार्ज र सहइञ्चार्ज पनि तोकेको छ । समाजका केन्द्रीय विभागहरूको जिम्मेवारी पनि बाँडफाँट भएको छ । 
बैठकले संगठनको केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र केन्द्रीय सल्लाहकार परिषद्लाई पूर्णता दिएको छ । अनुशासन आयोग र लेखा आयोग २५ सदस्यीय रहेको छ भने सल्लाहकार परिषद्मा १६१ जना हुनुहुन्छ । 

बैठकले आगामी भदौ महिनामा प्रदेश सम्मेलन र असोजमहिनाभित्र जिल्ला र पालिका सम्मेलन सम्पन्न गर्ने कार्ययोजना तय गरेको छ । 

त्यसैगरी संगठनको राष्ट्रिय सम्मेलनबाट पारित ‘जातीय भेदभाव तथा छुवाछूत अन्त्य गर्न राष्ट्रिय नीति निर्माण गरौं, समानुपातिक–समावेशीपूर्ण प्रतिनिधित्वको संवैधानिक अधिकार सुनिश्चित गरौं’ भन्ने मूल नारा कार्यान्वयन गर्नका लागि कार्यदिशा निर्माण गर्न पार्टीका पोलिटव्यूरो सदस्य तथा संगठनका इञ्चार्ज जितु गौतमको संयोजकत्वमा सहइञ्चार्ज वोमबहादुर विश्वकर्मा, संगठनका अध्यक्ष मनोहर विश्वकर्मा पौडेल, गोविन्दबहादुर नेपाली, रामपृत राम, गोविन्द पासवान र विमला विक रहेको सात सदस्यीय कार्यदल गठन गरेको छ ।