detail-img

गठबन्धनबाट विकास सम्भव छैन, राजनीतिक ध्रूवीकरण आवश्यक छः महासचिव पोखरेल

 

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको विकास र समृद्धिका लागि राजनीतिक ध्रूबीकरण आवश्यक रहेको वताउनुभएको छ ।

जननेता मदन भण्डारीको ७१ औं जन्मजयन्तीको अवसर पारेर प्रेस चौतारी नेपालले २०७९ असार १३ गते राजधानीमा आयोजना गरेको ‘जनताको बहुदलीय जनवाद र अभिव्यक्ति स्वतन्त्रता’ विषयक अन्तर संवादमा महासचिव पोखरेलले आधुनिक नेपाल निर्माणका लागि जननेता भण्डारीको दृष्टिकोण मार्गदर्शक रहेको विचार व्यक्त गर्नुभयो ।

‘दुनियाँमा दलहरूको संयुक्त आन्दोलनबाट व्यवस्था परिवर्तनका धेरै उदाहरण छन् तर दलहरूले संयुक्तरूपमा देश विकास गरेका उदाहरण भेटिँदैनन’् भन्नुहुँदै महासचिव पोखरेलले वर्तमान गठबन्धनबाट पनि विकास र समृद्धि सम्भव नभएको बताउनुभयो ।  

उहाँले भन्नुभयो– देशको विकास र समृद्धिका लागि हामी एमालेलाई बलियो राष्ट्रिय पार्टीका रूपमा खडा गर्न चाहन्छौं ।

‘नेकपा (एमाले) का विरुद्ध चौतर्फी आक्रमण र घेराबन्दी हुँदा पनि भर्खर सम्पन्न स्थानीय तह निर्वाचनमा लोकप्रिय मतमा पहिलो पार्टीका रूपमा स्थापित हुन र  अहिले पार्टीले जुन सामथ्र्य हासिल गरेको छ त्यसका लागि  जननेता भण्डारीको नवीनतम विचारले काम गरेको छ’ महासचिवले भन्नुभयो ।

महासचिव पोखरेलले संवैधानिक राजतन्त्रलाई सिद्धान्त मान्ने नेपाली काँग्रेसले आफ्नो मान्यता परित्याग  र सशस्त्र सङ्घर्षबाट मात्र व्यवस्था परिवर्तन सम्भव छ भन्ने माओवादीले आफ्नो कार्यदिशा बदल्न तयार भएपछि २०६२÷२०६३ को जनआन्दोलन सफल भएको र त्यसका पछाडिको वैचारिक आधार पनि जनताको बहुदलीय जनवाद रहेको धारणा राख्नुभयो ।

जननेता भण्डारी कम्युनिष्ट आन्दोलनलाई दिशा प्रदान गर्ने नेता भएको विचार व्यक्त गर्दै महासचिव पोखरेलले भन्नुभयो– नेकपा (माओवादी केन्द्र) भण्डारीको बाटोमा हिड्दै छ तर भन्न सकिरहेको छैन ।

 

कम्युनिष्ट पार्टीहरूसँग सहकार्य गर्न नचाहने नेपाली काँग्रेससँग संयुक्त जनआन्दोलनका लागि क्रान्तिकारी स्वभावका नेता गणेशमान सिंहलाई सहमत गराउने, बाममोर्चा गठन गर्ने र त्यसमा अर्को कम्युनिष्ट पार्टीका पुराना नेतालाई नेतृत्व सुम्पने जस्ता जननेता भण्डारीका प्रभावकारी र सुझबुझपूर्ण कदमले नै २०४६ को जनआन्दोलन सफल भएको वताउँदै महासचिव पोखरेलले भन्नुभयो– जननेता भण्डारी नभएको भए पञ्चायत व्यवस्था अहिलेसम्म पनि रहनसक्थ्यो ।

महासचिवले भन्नुभयो– जननेता भण्डारीले पार्टीको पाँचौं महाधिवेशनमा धेरै र फरक फरक विचारहरू बहसका लागि प्रवेश गराई जनताको बहुदलीय जनवाद (जबज) पारित र स्थापित गर्ने काम गर्नुभयो ।

देशको राष्ट्रिय हितमा परराष्ट्र नीति हुनुपर्ने जननेता भण्डारीको दृष्टिकोण रहेको  स्मरण गर्दै महासचिव पोखरेलले भन्नुभयो–जननेता भण्डारीले विचार मिल्नेहरू तथा विकास र समृद्धिमा सहयोग गर्ने देशहरूसँग मित्रता हुनुपर्छ भन्नुहुन्थ्यो ।

अभिव्यक्ति स्वतन्त्रका सम्बन्धमा विचार प्रस्तुत गर्दै महासचिव पोखरेलले संविधानले अभिव्यक्ति स्वतन्त्रता प्रबद्र्धन गरेको र राजनीतिक दलहरूले पनि आफ्ना दस्तावेजमा प्रतिवद्धता जनाएका छन् तर सही नीति अगाडि सारेर मात्र पुग्दैन, कार्यान्वयनको पहलकदमी आवश्यक छ भन्नुभयो ।

महासचिव पोखरेलले भन्नुभयो– पत्रकारहरुले के छापिन्छ, के छापिँदैन भन्ने आधारमा ‘सेल्फसेन्सर’ गरी समाचार लेख्ने अवस्था छ किनकि त्यहाँ हाम्रा स्वार्थहरू गाँसिएका छन् र बोल्न सक्दैनौं ।

उहाँले कार्लमाक्र्सले भन्नुभएको ‘बर्ग उत्पीडनको अन्त्य भएपछि मात्र मानिस स्वतन्त्र हुन्छ’ भन्ने भनाइ राख्दै सञ्चारकर्मीको वर्तमान अवस्थाबारे वताउनुभएको थियो ।

कार्यक्रममा नेकपा (एमाले) प्रचार विभाग उपप्रमुख विष्णु रिजालले विश्वमै कम्युनिष्ट व्यवस्था सङ्कटको अवस्थामा गुज्रिरहेको बेला जननेता भण्डारीले नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट अगाडि बढाएको बताउनुभयो ।

‘मदन भण्डारीले ४१ वर्षको युवा उमेरमै धेरै काम सम्पन्न गरेर हामीबाट विदा हुनुभयो,’ उहाँले भन्नुभयो, ‘पार्टी नेतृत्वमा उहाँ जम्माजम्मी चार वर्षमात्रै रहनुभयो । संसदीय राजनीतिमा उहाँ करीब दुई वर्ष मात्रै रहनुभयो । तर, उहाँले छोटो समयमै नेपालको कम्युनिष्ट आन्दोलनलाई अन्तर्राष्ट्रिय स्तरमा ध्यानाकर्षण गराउने काम गर्नुभयो ।’

छोटो समयमै नेपालको कम्युनिष्ट आन्दोलनलाई जनताका बीचमा स्थापित गराउने र झड्का दिने काम पनि मदनले गरेको रिजालले स्मरण गर्नुभयो । 

कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले पनि सम्वोधन गर्नुभएको थियो ।