११ मङ्सिर (२०८२), काठमाडौं । नेकपा (एमाले)को ११औं महाधिवेशनको लागि सोलुखुम्बु जिल्लाबाट सर्वसम्मतरूपमा प्रतिनिधि छनौट भएका छन् ।
महाधिवेशनमा सोलुखुम्बुबाट छ जना प्रतिनिधि निर्वाचित गर्नुपर्नेमा छ जनाको मात्र उम्मेद्वारी परेकाले निर्वाचित घोषणा गरिएको निर्वाचन समितिका संयोजक वीर उदास श्रेष्ठले जानकारी दिनुभयो ।
सर्वसम्मत हुनुभएका प्रतिनिधिहरूमा खुल्लातर्फ बुद्धिकुमार राजभण्डारी र डुफकुमार बास्तोला रहनुभएको छ । उत्पीडिततर्फ डिबि रनपाल, महिलातर्फका दुईजनामा कल्पना राई र मोहनकुमारी कार्की निर्वाचित हुनुभएको छ । ४० वर्षमुनिको युवातर्फ जगनाथ बास्तोला निर्वाचित हुनुभएको छ ।