detail-img

आइक्यापको ४०औँ स्थायी कमिटी तथा एसिया युरोप पोलिटिकल फोरमको पाँचौँ बैठक 

काठमाडौं । एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप) को ४०औं स्थायी कमिटी तथा एसिया युरोप पोलिटिकल फोरमको पाँचौँ बार्षिक बैठक भोलिदेखि काठमाडौंमा आयोजना हुँदै छ । 
बैठकको उद्घाटन सत्रलाई पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शनिबार (असोज २७ गते) विहान सम्बोधन गर्नुहुने छ । 
असोज २८ गतेसम्म चल्ने तीनदिने बैठकमा दुई महादेशका साझा भविष्यका निम्ति एसिया र युरोपका राजनीतिक दलका नेता तथा विज्ञहरूका बीचमा विभिन्न समसामयिक विषयमा  प्रस्तुति तथा छलफल हुने छ । उक्त बैठकमा चीन, दक्षिण कोरिया, भियतनाम, इण्डोनेसिया, थाइल्याण्ड, पाकिस्तान, लेवनान, चेक गणतन्त्र, नेदरल्याण्ड लगायत विभिन्न मुलुकका २६ वटा राजनीतिक दलका नेताहरू, मन्त्री तथा सांसदहरू गरी ५० भन्दा बढीको सहभागिता रहने आइक्यापका स्थायी कमिटी सदस्य तथा एसिया युरोप पोलिटिकल फोरमका सह अध्यक्ष, नेकपा (एमाले) परराष्ट्र मामिला विभाग प्रमुख राजन भट्टराईले प्रेस वक्तव्यमार्फत जानकारी गराउनुभएको छ ।