detail-img

राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणालीमा सुधार आवश्यकः वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकमा राजनीतिक अस्थिरता अन्त्यका लागि विद्यमान निर्वाचन प्रणाली सुधार गर्नुपर्ने बताउनुभएको छ । 
प्रेस चौतारी नेपाल काठमाडौं जिल्ला समितिले शुक्रबार (२०८० असोज २६गते) काठमाडौंमा आयोजना गरेको अन्तर्क्रिया तथा शुभकामना आदान–प्रदान कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले सो कुरा बताउनुभएको हो । 
उहाँले समानुपातिक र प्रत्यक्षको मिश्रित निर्वाचन प्रणालीले कुनै पनि दलको बहुमत हुन नसक्ने भन्नुहुँदै यसले अस्थिर सरकार बन्ने स्थिति सिर्जना गरिरहने स्पष्ट गर्नुभएको हो । 
जिल्ला समितिका अध्यक्ष मुकुन्द भुसालको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस सेन्टरका पत्रकार सरोज पोखरेल प्रेस चौतारी नेपालमा प्रवेश गर्नुभएको थियो ।