detail-img

मुगुको अधिवेशन सम्पन्न– रोकायाको अध्यक्षतामा ७१ सदस्यीय जिल्ला कमिटी निर्विरोध निर्वाचित

मुगु । नेकपा (एमाले) मुगु जिल्ला कमिटीको नवौं अधिवेशन पूर्ण रोकायाको अध्यक्षतामा ७१ सदस्यीय नयाँ कमिटी निर्विरोध  निर्वाचित गरी सम्पन्न भएको छ । 
जिल्ला कमिटीको उपाध्यक्षमा रत्नसिंह बिष्ट, सचिवमा सुरेन्द्र बहादुर मल्ल, उप–सचिवद्वयमा मदन बानियाँ र होईजाली विक निर्विरोध निर्वाचित हुनु भएको नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीका अध्यक्ष गुलावजंग शाहले जानकारी दिनुभयो । 
अधिवेशनको उद्घाटन महासचिव शंकर  पोखरेलले मङ्सिर ९ गते सदरमुकाम गमगढीमा गर्नुभएको थियो ।