३० चैत (२०८१), काठमाडौं । नेकपा (एमाले) सिराहाको ११औँ अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको छ ।
अधिवेशनबाट अध्यक्षमा अशोक यादव निर्वाचित हुनुभएको छ । अधिवेशनबाट सर्वसम्मत रूपमा १३५ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको छ ।
नवनिर्वाचित जिल्ला कमिटीको उपाध्यक्षमा डा. नवीन यादव, सचिवमा प्रदीप महासेठ, सहसचिवद्वयमा शिवशङ्कर महतो र खेमलक्ष्मी श्रेष्ठ हुनुहुन्छ ।