३ वैशाख (२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि नेकपा (एमाले)ले आज विषयगत सुझावहरू बुझाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पार्टीका महासचिव शंकर पोखरेलसहितका नेताहरूले प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष ओलीलाई सो सुझावपत्र हस्तान्तरण गर्नुभएको हो ।
एमालेले प्रधानमन्त्रीमा अध्यक्ष ओली नियुक्त हुनुभएपछि यस प्रकारको सुझाव दिएपनि त्यसबेला अघिल्लो सरकारबाट नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भइसकेकाले ती सुझाव समावेश हुन नसकेको सन्दर्भमा ताजगीकरणसहित पुनः सुझावपत्र दिएको महासचिव पोखरेलले अवगत गराउनुभयो ।
उहाँले एमालेले मध्यपहाडी (पुष्पलाल) लोकमार्गकेन्द्रित सङ्ल््प यात्राका आधारमा अघिल्लो सरकारलाई दिइएका सुझावहरू पनि कार्यान्वयनमा आउन बाँकी रहेको स्मरण गराउँदै कार्यान्वयनका लागि आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले विकासका लागि भिजनरी सोच भएको एमाले जस्तो पार्टीले केन्द्रीय विभागहरूको रायसमेतका आधारमा दिएको सुझाव सरकारको नीति तथा कार्यक्रम र बजेट तर्जुमाका लागि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।