सर्वसम्मत नेतृत्व चयन– अध्यक्षमा पुनः पाण्डे, महासचिवमा केसी
५वैशाख (२०८२), काठमाडौं । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन (नेपोन) को अध्यक्षमा विनोद पाण्डे सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
काठमाडौंमा बिहीबार राती सम्पन्न छैटौँ राष्ट्रिय महाधिवेशनले नेपाली सेनाका अवकाशप्राप्त जर्नेल पाण्डेलाई पुनः अध्यक्षमा सर्वसममत निर्वाचित गरेको हो ।
महाधिवेशनबाट उपाध्यक्षमा क्याप्टेन लालकाजी गुरुङ, महासचिवमा मदन केसी र उपमहासचिवमा तीर्थराज घिमिरे निर्वाचित हुनुभएको छ ।
त्यस्तै सचिव (संगठन विभाग) मा केदारप्रसाद देवकोटा, सचिव (विदेश विभाग)मा नारायणबहादुर श्रेष्ठ, सचिव (प्रचार विभाग)मा ध्रुवराज कार्की र सचिव (अर्थ) मा चन्द्रकुमार महतरा निर्वाचित हुनुभएको छ ।
महाधिवेशनबाट छ वटा आयोगले पनि नेतृत्व पाएका छन् । लेखा आयोग अध्यक्षमा मनोहरि कार्की, अनुशासन आयोगमा मिठाराम केसी, भेटरन कमिटी आयोगमा पुष्पराम केसी, सुरक्षा तथा स्वयंसेवक आयोगमा उद्धव रावल, निर्वाचन आयोगमा सुधीर थापा र सल्लाहकार आयोगमा रवीन्द्र कार्की निर्वाचित हुनुभएको हो । महाधिवेशनबाट पदाधिकारीसहित ९९ सदस्यीय कमिटी गठन भएको छ । २०७८ चैत १६ मा सम्पन्न पाँचौँ महाधिवेशनबाट उहाँ पहिलो कार्यकालका लागि अध्यक्ष निर्वाचित हुनुभएको थियो ।