detail-img

नयाँ बर्ष शुभकामना आदान–प्रदान तथा बधाई कार्यक्रम सम्पन्न 

१४ वैशाख (२०८२), काठमाडौं  । नेकपा (एमाले) सिरहा–काठमाडौं सम्पर्क मञ्चले शनिबार नयाँबर्ष २०८२ को शुभकामना आदान–प्रदानका साथै सिरहा जिल्ला कमिटीको नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई कार्यक्रम सम्पन्न गरेको छ । 
नेकपा (एमाले) स्थायी कमिटीका सदस्य तथा मधेश प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठको प्रमुख आतिथ्यमा नेकपा (एमाले) सिरहा–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष युगल किशोर यादवको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरू गंगा यादव, राम रति राम, सिरहा जिल्ला अध्यक्ष अशोक यादव लगायत अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । 
कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य तथा मधेश प्रदेश इन्चार्ज श्रेष्ठले सिरहा जिल्लामा पार्टीको सङ्गठन बलियो बनाउन सम्पर्क मञ्चको भूमिका महत्वपूर्ण रहने बताउनुभयो । उहाँले मञ्चलाई जिल्लाको नेतृत्वसँगको समन्वयमा रहेर  आफ्नो क्रियाशीलता बढाउन आग्रह गर्नुभयो । 
नेता श्रेष्ठले पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो व्यक्तिगत स्वार्थका लागि नभई देश र जनताका लागि गरेको सङ्घर्ष र कष्टपूर्ण जेल जीवनको चर्चा गर्नुभयो । उहाँले अहिले कतिपय मानिसहरू राजा ल्याउने भनेर सक्रिय भइरहेकोे औल्याउँदै लोकतन्त्रभन्दा राम्रो व्यवस्था अर्को हुन नसक्ने हुँदा राजावादीहरूका हर्कतको विरोध गर्दै लोकतन्त्र सुदृढीकरणमा लाग्नुपर्ने अहिलेको आवश्यकतामा जोड दिनुभयो । 
कार्यक्रममा केन्द्रीय सदस्य गंगा यादव र सिरहा जिल्ला अध्यक्ष अशोक यादवले भूगोलको पार्टी कामलाई राजधानीसँग जोड्ने सन्दर्भमा सम्पर्क मञ्चले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको भन्दै प्रशंसा गर्नुभयो । कार्यक्रममा नयाँबर्षको क्यालेण्डर विमोचन पनि गरिएको थियो ।