detail-img

केन्द्रीय सङ्गठन विभागको २२औँ बैठक सम्पन्न 

–वडाकेन्द्रित अभियानको समीक्षा, सदस्यता नवीकरणको काम वैशाख मसान्तसम्म सम्पन्न गर्नुपर्ने, विधान महाधिवेशनका लागि जेठमसान्तसम्ममा सुझाव पठाउनुपर्ने 
१४ वैशाख (२०८२), काठमाडौं । नेकपा (एमाले) केन्द्रीय सङ्गठन विभागको २२औँ बैठक पार्टी महासचिव शंकर पोखरेलको विशेष उपस्थितिमा विभागका प्रमुख काशीनाथ अधिकारीको अध्यक्षता आज सम्पन्न भएको छ ।  
पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा बसेको बैठकले पार्टी सदस्यता नवीकरणको काम विधानको व्यवस्था बमोजिम सम्पन्न गरी २०८२ वैशाख मसान्तसम्म जिल्लाको डाटा अद्यावधिक गरी प्रदेशमा पठाउन निर्देशन दिने निर्णय गरेको छ । 
पार्टी सदस्यहरूको अनलाइन अभिलेखीकरणको काम केन्द्रिकृत रूपमा जेठ महिनाभर अभियानकै रूपमा सञ्चालन गरी सम्पन्न गरिसक्न विभागको तर्फबाट विशेष निर्देशन गर्ने निर्णय भएको छ । 
पार्टी केन्द्रीय सचिवालयको निर्णय अनुसार आगामी भदौ २० देखि २२ सम्म पार्टीको दोस्रो विधान महाधिवेशन आयोजना हुन लागेको परिप्रेक्ष्यमा मातहतका पार्टी कमिटी र कार्यकर्ताबाट पार्टी विधानमा आवश्यक संशोधनका लागि सुझाव सङ्कलन गर्ने बैठकले निर्णय गरेको छ । 
त्यसका लागि जेठ मसान्तसम्मको समय सीमा तोकेर सुझाव सङ्कलन गर्नका लागि केन्द्रीय सचिवालय मार्फत मातहत पार्टी कमिटी र पार्टी सदस्यहरूलाई आग्रह गर्ने निर्णय गरिएको छ ।  
बैठकले केन्द्रीय सङ्गठन विभागको प्रस्ताव तथा पार्टी केन्द्रीय कमिटीको निर्णयमा माघ, फागुन र चैत महिनामा सञ्चालन गरिएको वडा केन्द्रित पार्टी निर्माण अभियान (जरा अभियान)ले पार्टी गतिविधि बढेको, स्थानीय पार्टी चलायमान भएको, मातहतका अधिकांश अधिवेशनहरू सम्पन्न भएका, पार्टी सदस्यताको नवीकरण र विस्तारका काम अघि बढेको, जनतासँग पार्टी नेता÷कार्यकर्ताहरूको सम्बन्धमा सुधार भएको निष्कर्ष निकालेको बैठकपछि सङ्गठन विभागका सचिव माधव ढुङ्गेलले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।  
‘अभियानले जिम्मेवारी प्राप्त पार्टीका नेता कार्यकर्ताहरूको सक्रियता, निर्णयको कार्यान्वयनमा महत्वपूर्ण भूमिकाको आवश्यकतामा जोड दिएको छ, पार्टी कमिटीको नियमित जीवनमा यसको निरन्तरतामा बैठकले जोड दिएको छ’, सचिव ढुङ्गेलले भन्नुभयो । 
पार्टीको सङ्गठनात्मक कामलाई थप सुदृढ पार्न विधानको व्यवस्था बमोजिम कार्यकारी भूमिकामा रहेका कमिटीले विशेष योजना बनाई अनुगमनको कामलाई अघि बढाउन आवश्यक रहेको बैठकले महसुस गरेको छ । 
अनुगमनका विषयहरूलाई आधार बनाई जिल्ला, पालिका र वडा तहका पार्टी कमिटीका बैठक, बैठकका माइन्युट लेखन, निर्णय प्रक्रिया र निर्णय तथा निर्देशन कार्यान्वयन, निर्णय कार्यान्वयनको समीक्षा, आन्तरिक एकता, नेता र कार्यकर्ताको जिम्मेवारी व्यवस्थापन, आधारभूत तहमा जनसङ्गठनको काम, जनप्रतिनिधि र पार्टी कमिटी बीचको सम्बन्ध, कार्यकर्ता प्रशिक्षण, कार्यालय व्यवस्थापन र सञ्चालन, अनलाइन अभिलेखन लगायतका विषयमा केन्द्रीय सङ्गठन विभागका सदस्यहरूले तोकिएका भौगोलिक जिल्ला तथा गैरभौगोलिक क्षेत्रमा अनुगमन गरी दुई महिनाभित्र केन्द्रीय सङ्गठन विभागमा प्रतिवेदन पठाउन निर्देशन दिने निर्णय बैठक गरेको छ ।

बैठकपछि जारी गरिएको विज्ञप्ति यस प्रकार छः