detail-img

रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्छः प्रधानमन्त्री 

अन्तर्राष्ट्रिय श्रमिक दिवसमा ‘श्रमसंसार पोर्टल’ शुभारम्भ
१८ वैशाख (२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्ने बताउनुुभएको छ । 
१३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आज आयोजित शुभकामना तथा ‘श्रमसंसार पोर्टल’को शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले वैदेशिक रोजगारीमा देखापरेका चुनौतीहरू नियन्त्रण गर्नुपर्ने पनि बताउनुभयो ।
‘श्रम बजारको विकास गर्न तालिम होस् या उद्यमशीलता विकास होस् या सहुलियतपूर्ण कर्जाहरू हुन् । सरकारले उपलब्ध गराउने सबै श्रम तथा रोजगार सेवाहरूलाई जनताको घरदैलोमा पुर्याउनका लागि र श्रम, रोजगार तथा सामाजिक सुरक्षाका सम्पूूर्ण सेवालाई सबै नेपालीको पहुँचमा पुुर्याउन श्रम संसार पोर्टललाई निकट भविष्यमा नागरिक एपमा आवद्ध गरी सम्पूर्ण जनतासँगको पहुँच अभिवृद्धि गर्न समेत निर्देशन गर्दछु’, प्रधानमन्त्री ओलीले भन्नुुभयो । 
उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य प्राप्तिमा सूचना प्रविधिको प्रयोग अत्यावश्यक भएकाले ज्ञानमा आधारित समाज र डिजिटल अर्थतन्त्रको निर्माण, प्रविधिको उच्च प्रयोग गरेर विकास र समृद्धिका लक्ष्यहरू प्राप्त गर्न  र सबै नेपालीलाई सरल र सहज तवरले सेवा प्रवाह गर्न सूचना प्रविधिको अहं भूमिका रहने बताउनुुभयो ।  
सरकारले श्रम बजार सूचना प्रणाली निर्माण र सूचनामा आधारित नीति तथा कार्यक्रम तर्जुमा गर्ने गरी काम अघि बढिसकेको जनाउनुभयो । 
श्रम संसार प्रणाली श्रम तथा रोजगार सेवाको विनिमय प्रणाली हो । जसबाट श्रम तथा रोजगार सम्बद्ध विषयहरूको माग तथा आपूर्ति विश्लेषण, रोजगारीमा आबद्धता, रोजगारदाता संस्थाहरूको नियमन, रोजगार सेवाको समतामूलक पहुँच, योग्यता विस्तारमार्फत् सङ्घीयताको लाभहरू जनस्तरसम्म पुुर्याउन सहयोगी हुनेछ ।  
श्रमिक, रोजगारदाता र रोजगार सेवा बीचको दुरी हटाई फेसलेस, प्रोसेसलेस र म्यानुुपुलेसनलेस बनाउँदै नागरिकको सीप क्षमता तथा योग्यताको विकासमार्फत् श्रम समाजको सम्पूर्ण वर्ग र समाजलाई यसले नियमन गर्दै राष्ट्रलाई सम्बृद्धितर्फ लैजान सहयोग गर्नेछ । 
सरकारले आगामी दशकलाई आन्तरिक प्रवद्र्धन दशक बनाउन रणनैतिक कार्ययोजना निर्माण गरिरहेकाले मुलुकको समृद्धिको यस यात्रामा सहभागी प्रधानमन्त्री ओलीले आह्वान गर्नुभयो ।