detail-img

जनसाँस्कृतिक महासंघको केन्द्रीय कमिटी सर्वसम्मत , अध्यक्षमा भूमिका सुब्बा

१९ वैशाख (२०८२), काठमाडौं । राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपालको अध्यक्षमा भूमिका सुब्बा निर्बिरोध निर्वाचित हुनुभएको छ । बुधबार सम्पन्न नवौं राष्ट्रिय महाधिवेशनले सुब्बाको नेतृत्वमा ९९ सदस्यीय सर्वसम्मत केन्द्रीय कमिटी चयन गरेको हो ।
महाधिवशेनमा अध्यक्ष प्रेमनाथ अधिकारीले सुब्बालाई अध्यक्षका लागि प्रस्ताव गर्नुभएको थियो । यसअघि कार्यसमितिका उपाध्यक्ष सुब्बा लामो समयदेखि जनसाँस्कृतिक महासंघमा आवद्ध रहनुभएको छ । 
महाधिवेशनले उपाध्यक्षमा अशोक राई र नमुना शर्मा, महासचिवमा आरसी शर्मालाई चयन गरेको छ । यसैगरी उपमहासचिवमा होमराज सुवेदी, सचिवमा अमृत खाती, अशोक प्यासी राई, सुवास मल्ल र पदम रोकायलाई सर्वसम्मत चयन गरेको छ ।