२१ वैशाख (२०८२), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज छलफल भएको छ ।
प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा भएको भेटमा सङ्क्रमणकालीन न्याय र समसामयिक सवालमा छलफल भएको छ । छलफलमा नेकपा (एमाले)का स्थायी कमिटी सदस्य अग्नि खरेल र माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुन पनि सहभागी हुनुहुन्थ्यो ।