detail-img

प्रधानमन्त्रीसँग शिष्टाचार भेट

२१ वैशाख (२०८२), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानका राजदूत माइदा तोरुले आज शिष्टाचार भेट गर्नुभएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र हितका विविध विषयका साथै आपसी सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने सम्बन्धमा छलफल भएको थियो । आगामी वर्ष दुई देशबीचको कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठ मनाइने सन्दर्भमा पनि कुराकारी भएको थियो । 
भेटका अवसरमा परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी हुनुहुन्थ्यो ।