detail-img

विपद् व्यवस्थापनबारे अन्तरसम्वाद आयोजनाको तयारी

२४ वैशाख (२०८२), काठमाडौं । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा सम्वादको पूर्वसन्ध्यामा ‘सगरमाथा सम्वादः जलवायु परिवर्तनको असर र विपद् व्यवस्थापन’ विषयमा अन्तर सम्वाद आयोजना गर्ने भएको छ । 
नेकपा (एमाले)का पोलिटव्यूरो सदस्य तथा विभाग प्रमुख खिमलाल भट्टराईको अध्यक्षतामा आज बसेको विभागको बैठकले यही वैशाख ३१ गते उक्त विषयमा अन्तरसम्वाद आयोजना गर्ने निर्णय गरेको हो । 
अन्तरसम्वाद कार्यक्रममा विपद् व्यवस्थापनसम्बन्धी विज्ञहरूको सहभागिता रहने र विज्ञहरूबाट प्राप्त  हुने सुझाव पार्टीमार्फत् सरकारद्वारा आयोजना हुने सगरमाथा सम्वादमा प्रस्तुत गरिने योजना रहेको विभाग प्रमुख भट्टराईले बताउनुभयो ।