९ जेठ (२०८२), काठमाडौं । नेपाल उत्पीडित जातीय मुक्ति समाजको अध्यक्षमा मनोहर पौडेल विश्वकर्मा निर्वाचित हुनुभएको छ । यो उहाँको दोस्रो कार्यकाल हो ।
काठमाडौंमा बिहीवार सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनले विश्वकर्माको अध्यक्षतामा १५१ सदस्यीय केन्द्रीय समिति र लेखा आयोग सर्वसम्मत निर्वाचित गरेको हो ।
महाधिवेशनले केन्द्रीय कमिटीको उपाध्यक्षमा निर्मल देउला र मैना अछामीलाई चयन गरेको छ । यस्तै महासचिवमा अनुभूति बम नेपाली, उपमहासचिवमा सोम पोर्तेल र चार सचिवहरूमा टेक घतानी, कमला बराल किश्वकर्मा, तेजकुमार बिके र मानदेव हजरा सर्वसम्मत चयन हुनुभएको छ । यस्तै निर्वाचन आयोगको अध्यक्षमा सुन्दर विश्वकर्मा चयन हुनुभएको छ ।