detail-img

धनुषा जिल्ला अध्यक्षमा भोला यादव 

९ जेठ (२०८२), जनकपुरधाम । नेकपा (एमाले) धनुषाको अध्यक्षमा भोला यादव निर्वाचित हुनुभएको छ ।
नेकपा (एमाले) धनुषा जिल्ला अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनमा यादव विजयी हुनुभएको हो । नेतृत्व चयनका लागि सहमति हुन नसकेपछि सबै पदाधिकारीका लागि निर्वाचन भएको थियो । अध्यक्षका लागि  लक्ष्मीनारायण यादव अर्का उम्मेदवार हुनुहुन्थ्यो । 
उपाध्यक्षमा तेजनारायण यादव निर्वाचित हुनुभयो भने सचिवमा दीपनारायण ठाकुर विजयी हुनुभयो । यस्तै खुला उपसचिवमा सविन विक्रम थापा र महिला उपसचिवमा रुपाकुमारी मिश्रा निर्वाचित हुनुभएको छ । 
यस्तै लेखा समिति अध्यक्षमा वीरेन्द्र लाल कर्ण निर्वाचित हुनुभएको छ । पाँच पदाधिकारीसहित धनुषा जिल्ला कमिटी १३५ सदस्यीय रहेको छ ।