detail-img

५२औं सचिवालय बैठकः गणतन्त्र दिवसलाई विशेष उत्सवका रूपमा मनाउन आह्वान

११ जेठ (२०८२), काठमाडौं । नेकपा (एमाले)ले सात दशक लामो बलिदानीपूर्ण सङ्घर्षको बलबाट प्राप्त भएको संङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिन जेठ १५ गतेलाई विशेष उत्सवका रूपमा मनाउन जनसमुदायलाई आह्वान गर्ने निर्णय गरेको छ । 
पार्टी अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज सम्पन्न पार्टीको ५२औं सचिवालय बैठकले उक्त निर्णय गरेको हो । 
बैठकमा पार्टी अध्यक्षले मुलुकको समसामयिक परिस्थिति र विकसित नेपाली राजनीतिक घटनाक्रमका बारेमा सङ्क्षिप्त जानकारी गराउनुभएको थियो । 
बैठकले जेठ १५ गतेलाई गणतन्त्र दिवसलाई विशेष उत्सवका रूपमा मनाउन जनसमुदायलाई आह्वान गर्ने निर्णय गरेको छ । उक्त दिन उपत्यका बाहिर पार्टी कमिटीले पालिका स्तरमा विशेष कार्यक्रमहरू आयोजना गर्ने निर्णय गर्दै बैठकले त्यसको तयारीमा जुट्न सबै मातहत कमिटीहरूलाई निर्देश गरेको छ । काठमाडौं उपत्यकाका हकमा उपत्यकाका पार्टी कमिटीहरूको आयोजनामा साँस्कृतिक झाँकीसहित जनउत्सव आयोजना गरिनेछ । उक्त उत्सवमा सक्रिय सहभागिताका लागि बैठकले हार्दिक आह्वान गरेको छ ।