१९ जेठ (२०८२), काठमाडौं । नेपाल बुद्धिजीवी परिषद्को अध्यक्षमा इञ्जिनियर गजेन्द्र प्रसाद थपलिया निर्वाचित हुनुभएको छ ।
परिषद्को काठमाडौंमा सम्पन्न ११औं राष्ट्रिय महाधिवेशनले थपलियाको नेतृत्वमा ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो ।
परिषद्को ९६ पदमा सर्वसम्मत भए पनि अध्यक्ष, एक उपाध्यक्ष र एक सचिव पदमा निर्वाचन भएको थियो । अध्यक्ष पदमा थपलियासँगै डा. दिपेन्द्र भण्डारी प्रतिष्प्रर्धामा हुनुहुन्थ्यो ।
उपाध्यक्षमा गोविन्द्र शाही, महिला उपाध्यक्षमा राधा अधिकारी, महासचिवमा डा. दिपेन्द्र श्रेष्ठ, उपमहासचिवमा सुशील विक, चारजना सचिवमा प्रा.डा. इश्वरी कडरिया, डा. लाक्पा शेर्पा, डा. टीका ढकाल र कृष्ण कुमार लम्साल निर्वाचित हुनुभएको छ ।