detail-img

हामीलाई लडाईं र झगडा होइन, विकास र समृद्धि चाहिएको छः उपमहासचिव ज्ञवाली

७ असार (२०८२), काठमाडौं । नेकपा (एमाले)का उपमहाचिव प्रदीप ज्ञवालीले हामीलाई लड़ाई, झगडा होइन, विकास र समृद्धि चाहिएको बताउनुभएको छ । 
नेकपा (एमाले) सिन्धुलीको आठौ जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को दोस्रो बैठकलाई सम्वोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । 
उपमहासचिव ज्ञवालीले मुलुकको अर्थतन्त्र अहिले लयमा फर्किएको र सरकारले जनतामा बढ्दै गएको निराशालाई चिर्दै गएको बताउनुभयो । 
दुई छिमेकी देश चीन र भारतसँग आपसी सहकार्य गरेर विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गराउन जरूरी रहेकामा जोड दिँदै चीनसँग विआरआई सम्झौता गरिएको र भारतले पनि त्यस्तै परियोजना लिएर आए स्वीकारिने उहाँले बताउनुभयो । 
नेपालको राजनीतिलाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लङ्गुरबुर्जाको खेलजस्तो बनाएको भन्नुहुँदै उपमहासचिव ज्ञवालीले माओवादी प्रवृत्तिले नेपालको विकास र समृद्धि मात्रै होइन, कम्युनिस्ट आन्दोलन पनि अगाडि बढ्न नसक्ने प्रस्ट पार्नु भयो ।  
नेकपा (एमाले)ले मात्रै राष्ट्रिय राजनीतिलाई देश हितको बाटोमा डोर्याएको  बताउँदै उहाँले माओवादी देश हितभन्दा विदेशी हितका लागि काम गरिरहेको बताउनुभयो ।
उपमहासचिव ज्ञवालीले पार्टीमा अवसर पाएकाहरूबाट सबैभन्दा बढी समस्या भएको र अगाडि जे आयो त्यही छोड्दै नछोड्ने प्रवृत्ति  एमालेको मुख्य चुनौती बनेको बताउनुभयो । 
पार्टीभित्र एकआपसमा मिलेर जाँदा सबै कुरा प्राप्त हुने प्रष्ट पार्दै पार्टी कमिटी पार्टी सदस्यसँग जिम्मेवार बन्नैपर्ने उहाँले बताउनुभयो । उपमहासचिव ज्ञवालीले प्रतिनिधि परिषद् सदस्यले जिल्ला नेतृत्वलाई दिशा निर्देश गर्न सुझाव दिनुभयो । 
जिल्ला परिषद् बैठकमा पार्टीका स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश इन्चार्ज डा. राजन  भट्टराईले पार्टीभित्र कुनै विवाद नरहेको बताउनुभयो । 
उहाँले  पार्टी र नेतृत्ववि?द्ध  चौतर्फी आक्रमण भइरहँदा एमालेका नेता कार्यकर्ताको मनोगत अवस्थाले समस्या सिर्जना भएको बताउनुभयो । डा.भट्टराईले विरोधीहरूको  आक्रमणवि?द्ध सबै नेता कार्यकर्ताले  प्रतिवाद गर्न सुझाउनु भयो । 
नेकपा (एमाले)को मूल नेतृत्व र  तल्लो  तहमा समस्या नरहे पनि बरण्डामा समस्या देखिएको बताउँदै डा.भट्टराईले भन्नुभयो– नेतृत्वमा समस्या छैन, विचारमा समस्या छैन तर  बीचको नेतृत्वमा समस्या देखियो, त्यो समस्या समाधान गर्न तपाईं हामी सम्पूर्णको जिम्मेवारी हो ।  बागमती प्रदेश कमिटीमा कुनै समस्या नरहे पनि जिल्ला तहमा समस्या छ,  पार्टी जसरी चल्नु पर्दथ्यो, त्यसरी चलेन । पार्टी विधान, विधि र पद्धतिवि?द्ध उभिने र उभ्याउने कामलाई नि?त्साहित गर्न प्रतिनिधि परिषद् सदस्यहरूलाई  सुझाव दिनु भयो । 
कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज मनोज जङ्ग थापाले एमालेमाथि चौतर्फी आक्रमण भए पनि विरोधीहरू एमालेलाई कमजोर बनाउने योजनामा सफल नहुने बताउनुभयो । 
बैठकमा राजनीतिक र साङ्गठानिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । प्रतिवेदन उपर समूह विभाजन गराएर छलफल भएको र महत्वपूर्ण सुझाव प्राप्त भएको प्रचार विभाग प्रमुख कर्ण घिसिङले जानकारी दिनुभयो ।
नेकपा (एमाले) सिन्धुली जिल्ला कमिटीका अध्यक्ष महेन्द्र देव श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कमिटीका उपसचिव दिपेश बरालले स्वागत मन्तव्य राख्नु भएको थियो ।