detail-img

अध्यक्ष ओलीले बुझाउनुभयो पार्टी सदस्यता शुल्क र लेबी 

११ असार (२०८२), ललितपुर । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज आफ्नो पार्टी सदस्यता शुल्क र लेबी बुझाउनु भएको छ ।
अध्यक्ष ओलीले पार्टीको केन्द्रीय वित्त तथा कोष व्यवस्थापन विभागमा आफै पुगेर आर्थिक दायित्व बुझाउनुभएको हो । अध्यक्ष ओलीलाई केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारी र लेखा प्रमुख राजेन्द्र श्रेष्ठले रसिद बुझाउनुभएको थियोे ।