detail-img

स्वमूल्याङ्कन कार्यविधिप्रति एमालेको असहमति

२२ साउन (२०८२), काठमाडौं । नेकपा (एमाले)ले राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधिप्रति असहमति जनाएको छ ।
महासचिव शंकर पोखरेलले आज निर्वाचन आयोगलाई पत्र पठाई उक्त कार्यविधिप्रति पार्टी धारणा स्पष्ट गर्नुभएको हो । 
स्वमूल्याङ्कन राजनीतिक दलहरूको आन्तरिक मामिला भएको महासचिव पोखरेलले पत्रमार्फत जनाउनुभएको छ ।  
आयोगलाई लेखिएको पत्रमा भनिएको छ– नेपालको संविधानको भाग २९ को धारा २६९ देखि धारा २७२ सम्म राजनैतिक दलसम्बन्धी व्यवस्था छ । 
राजनैतिक दलको गठन, दर्ता, सञ्चालनसम्बन्धी व्यवस्था राजनैतिक दलको स्वायत्तता र स्वतन्त्रताको मर्मभित्र रही जनताको आकाङ्क्षाबमोजिम हुने भएकाले यो स्वनियमनमा चल्नपर्ने र यसको मूल्याङ्कन जनताले जनादेशमार्फत् गर्ने भएकाले स्वनियमन दलको आफ्नै आन्तरिक विषय हो । सैद्धान्तिक रूपमै राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि दल स्वयंको आन्तरिक विषय भएकाले राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधिप्रति नेकपा (एमाले)को असहमति रहेको छ ।