detail-img

विधान संशोधन प्रस्तावमा सुझाव दिन रिटर्नी फेडेरेशनको बैठक सम्पन्न 

३१ साउन (२०८२), काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा केन्द्रीय संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले निर्वाचन नै क्रान्तिको थलो भएकाले एमाले मिसन– २०८४ लक्ष्यका साथ अगाडि बढेको बताउनुभएको छ । 
रिटर्नी फेडेरेशन नेपालको दोस्रो सचिवालय बैठकमा उहाँले नेकपा (एमाले) नै सर्वोत्कृष्ट विचार भएको पार्टी भएको हुँदा यसको संगठन निर्माणमा जोड दिनुपर्ने बताउनुभयो । 
पार्टीका स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले पार्टी विधान अधिवेशनको नजिक रहेकाले रिटर्नीहरूले आफ्नो नीति र मुद्दामा केन्द्रित भएर निर्णय गर्नुपर्ने बताउनुभयो । 
पार्टीका केन्द्रीय सदस्य एवं रिटर्नी फेडेरेसनका ईन्चार्ज कृष्ण बहादुर केसीले उद्यमशिलता सहितको राजनीति लक्ष्य बोकेको संगठनका नेताहरू तलसम्म पुगेर बैठक राखेर अगाडि बढ्नुपर्ने बताउनुभयो । 
तल्लो तहको संगठन परिचालन नभएसम्म मिसन पूरा गर्न नसकिने उहाँको भनाइ छ । उहाँले नवयुग उद्यमशाला जस्ता आर्थिक मुद्दा र सामाजिक कार्य गर्नको लागि समेत प्रदेश स्तरको कार्यक्रममा लाग्न निर्देशन दिनुभयो । 
बैठकबाट पार्टीको विधान महाधिवेशनको लागि सुझाव दिने र रिटर्नीको नीति र योजना सम्बन्धमा गरिएको निर्णय पनि सुझावको रूपमा पेश गर्ने निर्णय गरिएको छ  । 
फेडरेसनले कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बीनी प्रदेश स्तरीय कार्यक्रम तयारी गरेर अगाडि बढे निर्णय गरेको छ । साथै बैठकले यस अघि संगठनले गरेका निर्णयहरू कार्यान्यवन गर्न समेत निर्देशन गरेको छ । 
फेडेरेसनका अध्यक्ष विनोद प्रसाद भट्टराईको अध्यक्षतामा बसेको बैठकले फेडेरेसनको आगामी कार्ययोजना, निर्णय कार्यान्वयनमा जोड दिएको फेडेरेसनका महासचिव खेम कार्कीले बताउनुभयो ।