१९ मङ्सिर (२०८२), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
उहाँहरूबीच आज नेपाली कांग्रेसका सभापति देउवाको निवास महाराजगञ्जमा भेटवार्ता भएको हो ।
शीर्ष नेताहरूबीच लामो समयपछि भएको भेटमा समसामयिक राजनीति, आसन्न संसदका निर्वाचन लगायत विषयमा छलफल भएको बताइएको छ ।
अध्यक्ष ओलीका साथ पत्नी राधिका शाक्य पनि देउवा निवास जानुभएको थियो । दुई शीर्ष नेताहरूबीचको भेटवार्तामा अध्यक्ष ओलीकी पत्नी शाक्य र देउवा पत्नी डा. आरजु राणा पनि सहभागी हुनुहुन्थ्यो ।