detail-img

स्कुल विभागद्वारा कार्यशाला तथा अनुशिक्षण आयोजना गर्ने निर्णय 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय स्कुल विभागको बैठक विभागका प्रमुख एवं पार्टीका उपमहासचिव प्रदिप ज्ञवालीको अध्यक्षता आज पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा बस्यो । 
बैठकमा अहिले समाजमा देखापरेको राजनीतिक अस्थिरता, अराजकतालाई सही दिशातर्फ लानका लागि पार्टी पङ्क्तिलाई वैचारिक रूपमा सवल बनाउनुपर्ने आवश्यकता बोध गर्दै शुरु गरेको प्रशिक्षणलाई घनिभूत रूपमा सञ्चालन गर्नका लागि केन्द्रिकृत रूपमा जिल्ला र प्रदेशका पार्टी स्कुल विभाग प्रमुखहरू बीच दुईदिने कार्यशालाको आयोजना गर्ने निर्णय गरेको छ । 
त्यसैगरी विभिन्न दलहरू त्यागी नेकपा (एमाले) मा प्रवेश गर्नुभएका नेताकार्यकर्ताहरूका लागि अनुशिक्षण कार्यक्रमको आयोजना गर्ने र नियमित स्कुल अन्तर्गत जनसंगठनहरूलाई प्रदान गर्दै आएको प्रशिक्षणलाई निरन्तरता दिने निर्णय गरेको छ ।