detail-img

केन्द्रीय कमिटी बैठक माघ २९ गते 

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको पाँचौँ बैठक यही माघ २९ गते बस्ने भएको छ । 
नेकपा (एमाले) केन्द्रीय कार्यालय बैठकले पार्टीको केन्द्रीय कमिटीको बैठक माघ २९ र फागुन १ गते तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासल, ललितपुरमा बस्ने निर्णय गरेको हो । 
त्यसैगरी पार्टीको सचिवालय बैठक माघ २६ गते बस्ने भएको छ । केन्द्रीय कमिटीको चौथो बैठक गत भदौ १० र ११ गते बसेको थियो ।