काठमाडौं । नेकपा (एमाले) को यही माघ २९ र फागुन १ गतेका लागि तय भएको केन्द्रीय कमिटीको पाँचौँ बैठक स्थगित भएको छ । केन्द्रीय कमिटीको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको पार्टीका कार्यालय सचिव डा. भीष्म अधिकारीले वताउनुभयो ।
१३ पुस (२०८२), काठमाडौं । नेकपा (एमाले) केन्द्रीय सचिवालय बैठकले प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ ।
१२ पुस (२०८२), काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताहरूबीच आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका बारेमा छलफल भएको छ ।
१० पुस (२०८२), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा निर्वाचन हुने परिस्थिति बने एमालेले निर्वाचनमा भाग लिएर बहुमत ल्याउने बताउनुभएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनको वातावरण बनाउन राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा आज राष्ट्रपति भवन, शीतल निवासमा सरकार र प्रमुख तीन दलका शीर्ष नेताहरूबीच परामर्श भएको छ ।
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अब सिङ्गो पार्टीपङ्ती ११औं राष्ट्रिय महाधिवेशनबाट स्थापित नेतृत्व र विधान महाधिवेशनबाट पारित नीतिका आधारमा जनतामा जाने समय शुरू भएको बताउनुभएको छ ।