detail-img

अनेमसंघको भेला सम्पन्न 

ललितपुर । अखिल नेपाल महिला संघ सातौं राष्ट्रिय सम्मेलन आयोजक कमिटी, सम्मेलन मूल व्यवस्थापन समितिले मङ्गलबार ललितपुरमा भेला आयोजना गर्यो । 
अनेमसंघ बागमती प्रदेश कमिटीको संयोजनमा आयोजना गरिएको भेलामा उपत्यकामा उपलब्ध आयोजक कमिटीका सदस्यहरू र अनेमसंघ बागमती प्रदेश कमिटीका सदस्यहरूको सहभागिता रहेको थियो । 
भेला नेकपा (एमाले) स्थायी कमिटीका सदस्य तथा अनेमसंघका इन्चार्ज सीता पौडेलको आतिथ्यतामा संघका संयोजक थममाया थापाको अध्यक्षतामा भएको थियो । 
भेलामा अनेमसंघ सातौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीका सचिव  सुजिता शाक्यले सम्मेलनको तयारीका सम्वन्धमा हालसम्म भएको कामबारे जानकारी गराउनुभएको थियो । साथै अनेमसंघका नेता, कार्यकर्ता र सदस्यहरूको  दायित्व र आगामी कार्ययोजनाहरूका बारेमा प्रस्तुती गर्नुभएको थियो ।
अनेमसंघको सातौं राष्ट्रिय सम्मेलन सफतलापूर्वक सम्पन्न गर्ने उद्देश्यका साथ आयोजना गरिएको भेला सञ्चालन बागमती प्रदेश कमिटी संयोजक सुशिला नेपालले गर्नुभएको थियो ।