detail-img

मिसन ग्रासरुटः मोरङमा वृक्षरोपण र सरसफाई

विराटनगर । नेकपा (एमाले) ले सञ्चालन गरिरहेको मिसन ग्रासरुट अन्तर्गत मोरङमा विभिन्न कार्यक्रमहरू एकसाथ सञ्चालन भइरहेका छन् । मोरङको कानेपोखरी गाउँपालिकामा वृक्षरोपण र सरसफाई अभियन सञ्चालन गरिएको छ । 
यस्तै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम पनि सम्पन्न गरिएको छ । मोरङको बेलबारी नगरपालिकामा पार्टी सदस्यता नवीकरण शिविर सञ्चालन भइरहेको छ । 
नेकपा (एमाले) मोरङका अनुसार जिल्लाका १७ वटै पालिकाका वडास्तरमा विभिन्न सामाजिक कार्यसँगै रचनात्मक कामहरू भइरहेका छन् । सबै पालिकामा आ–आफ्ना आवश्यकता अनुसारका काम गर्दै जनताका माझमा पुग्ने काम भइरहेको नेकपा (एमाले) मोरङका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेलले बताउनुभयो ।