detail-img

हुम्लाको अदानचुलीमा ११ वटा सेल कमिटी गठन

काठमाडौं । नेकपा (एमाले)ले सञ्चालन गरेको मिसन ग्रासरुट अभियान अन्तर्गत हुम्ला जिललाको अनादचुली गाउँपालिकामा अभियानका केन्द्रीय प्रतिनिधि एवं पार्टी केन्द्रीय कमिटी सदस्य निरज आचार्यको उपस्थितिमा फागुन १७ र १८ गते पालिकास्तरीय बैठक, भेला र अभिमुखीकरण सम्पन्न भएका छन् । 
त्यसैगरी पालिकाको वडा नम्बर १ देखि ५ सम्मका वडा र सेल कमिटीका बैठक पनि  सम्पन्न भएका छन् ।


बैठकमा अभियानमार्फत पार्टी सदस्यता नवीकरण, सदस्यता वितरण, संगठन सुदृढीकरण, विस्तारका लागि टोलस्तरीय कार्ययोजना निर्माण गरिएको छ । सबै वडामा निर्माण भएका कार्य योजनाको प्रभावकारी कार्यान्वयन गर्न वडा नम्बर १ मा ३, वडा नम्बर ३ मा ३, वडा नम्बर ५ मा ३, वडा नम्बर ६ मा २ गरेर ११ वटा सेल कमिटी गठन गरिएकोे छ ।  
अभियानमा प्रदेश कमिटी सदस्य विष्णु बुढा, अदानचुली गाउँ कमिटीका इन्चार्ज धर्मराज शाही, सहइन्चार्ज रग थापा, प्रदेश कमिटीका प्रचार विभागका उपप्रमुख तथा जिल्ला कमिटी सदस्य नवराज महतारा, जिल्ला कमिटी सदस्य रमेश ऐडी, नन्द महतारा, गोर शाही, बलबहादुर बुमी, दिपबहादुर रोकाया, दाने बुढा, अदानचुली गाउँ कमिटी अध्यक्ष बुध भण्डारी लगायत परिचालित हुनुहुन्छ ।