detail-img

सिमकोटमा अग्रज नेता तथा ज्येष्ठ नागरिकको सम्मान

काठमाडौं । मिसन ग्रासरुट अन्तर्गत हुम्लाको सिमकोट वडा नं. ४ बुराउसेमा वडास्तरीय अभिमुखीकरण कार्यक्रम  सम्पन्न भएको छ ।


केन्द्रीय प्रतिनिधि लंकबहादुर शाहीको उपस्थितिमा भएको अभिमुखीकरण कार्यक्रममा स्थानीय अग्रज नेता तथा जेष्ठ नागरिकलाई सम्मान गरिएको थियोे । उहाँहरूले आफ्नो संगठित सदस्यता पनि नवीकरण गर्नुभएको छ । सम्मानित हुनेहरूमा छिरिङ तन्जन लामा (वर्ष ८४),नाग्दरमा लामा (वर्ष ८२), पामा तन्जन लामा (वर्ष ७८), राम्दान लामा (वर्ष ७२), तन्डिन्मा लामा (वर्ष ७०), सर्जन लामा वर्ष (७०) र पुरचन्द्र लामा (वर्ष ६८) हुनुहुन्छ ।