detail-img

‘मुलुक जोगाउन एमालेलाई बलियो बनाउनुपर्ने’

काठमाडौं । नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले मुलुक जोगाउन एमालेलाई बलियो बनाउनुपर्ने आवश्यकता रहेको वताउनुभएको छ । 
मिसन ग्रासरुटका लागि बाग्मती प्रदेशका संयोजक विष्टले काठमाडौंको गोकर्णेश्वर नगर कमिटीद्वारा बिहीबार आयोजित कार्यक्रममा उक्त कुरा वताउनुभएको हो ।

 
सचिव विष्टले पार्टीको आन्तरिक जीवन बलियो र प्रभावकारी बनाउन सबै क्रियाशील हुनुपर्ने वताउँदै मिसन ग्रासरुटबाट पार्टी व्यवस्थित र सुदृढ बन्ने विश्वास व्यक्त गर्नुभयो । 
समृद्ध नेपाल निर्माण अभियानको लागि नेकपा (एमाले) बलियो पार्टी बन्नुपर्ने वताउँदै सचिव विष्टले पार्टीहरू जनताको बीचबाटै स्थापित हुने भएकाले एमाले जनताको बीचमा गइरहेको प्रष्ट पार्नुभयो । 
उहाँले चालू दुई महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियानमा सैद्धान्तिक र वैचारिक रूपमा छलफल चलाउने बताउँदै पार्टीले लिएको लक्ष प्राप्तिका लागि तय गरेको कार्यदिशामा लाग्न यो अभियान प्रभावकारी  हुने विश्वास व्यक्त गर्नुभयो । 
सचिव विष्टले सरकारमा हुँदा पार्टीको वरिपरि घुम्ने र सरकारमा नहुँदा कोही पनि नहुने पार्टी नेकपा (एमाले) हुन सक्दैन भन्नुभयो । 
उहाँले देश अहिले गम्भीर सङ्कटमा रहेको र यस्तो बेला पार्टी र कार्यकर्ताको मूल्याङ्कन हुने वताउँदै देश, पार्टी र आन्दोलन जोगाउने काममा लाग्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । 
नगर कमिटीका अध्यक्ष उद्धव  विष्टको अध्यक्षमा भएको कार्यक्रममा केन्द्रीय सदस्य  रचना खड्का प्रदेश सदस्यहरू उर्मिला कर्माचार्य, मिठाराम अधिकारी, रविन्द्र पण्डित क्षेत्री, पार्टीका काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौला, जिल्ला सदस्य  श्रृजन शर्मा लगायतले बोल्नुभएको थियो ।

रामेछापको सुनापतिका विभिन्न वडामा विस्तारित बैठक

 
रामेछाप । नेकपा (एमाले) रामेछापको सुनापति गाउँपालिकाका विभिन्न वडामा विस्तारित बैठक सम्पन्न भएका छन् । 
बिहीबार सुनापति–३ को हिलेदेवीमा वडाको विस्तारित बैठक सम्पन्न भएको छ । नेकपा (एमाले) रामेछापका उपसचिव प्रकाशकुमार कार्कीको उपस्थितिमा सम्पन्न बैठकले वडाका सबै बस्तीमा संगठन विस्तारको कामका साथै सदस्यता नवीकरणको काम गर्ने निर्णय गरेको छ । 
बैठकले टोल कमिटी गठन तथा पुनर्गठन, जनसंगठनका कमिटी गठन लगायतका काम गर्ने निर्णय गरेको छ ।  
यसैगरी वडा नं १ गुन्सी, वडा नं २ दिमीपोखरी, वडा नं ४ वेथान र वडा नं ५ खनियापानीमा पनि वडा कमिटी बैठकहरू सम्पन्न भएका छन् । बैठकले टोलसम्म कमिटी गठन पुनर्गठन र सदस्यता नवीकरण तथा वितरणको कामलाई अघि बढाउने निर्णय गरेका छन् ।