detail-img

बाँकेमा घरदैलो कार्यक्रम सञ्चालन गर्ने निर्णय

काठमाडौ । मिसन ग्रासरूट अभियानअन्तर्गत बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर–८ फत्तेनगरमा नेकपा (एमाले) वडा कमिटीको बैठक सम्पन्न भएको छ । 
केन्द्रीय सल्लाहकार परिषद् सदस्य बाबुराम गौतमको उपस्थिति र वडा कमिटीका अध्यक्ष रूपलाल खत्रीको अध्यक्षतामा सम्पन्न बैठकले टोल कमिटी विस्तार, सदस्यता नवीकरण, अभियानअन्तर्गत घरदैलो कार्यक्रम सञ्चालन गर्ने लगायतका निर्णय भएको छ ।


बैठकमा केन्द्रीय सल्लाहकार परिषद् सदस्य गौतमसहित नन्द बिश्वकर्मा, महेश्वरी गौतम, सनत आचार्य, जगबहादुर कामी, सुमन मल्ल, कौशिला कठायत लगायतका नेताहरू उपस्थित हुनुहुन्थ्यो । 
यसैगरी, मिसन ग्रासरूट अन्तर्गत बाँकेकै खजुरा गाउँपालिका वडा नम्बर–६ उढरापुरमा पार्टीको वडा कमिटीको बैठक बसेको छ । नेकपा (एमाले) जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपतिको उपस्थिति र कमिटीका अध्यक्ष प्रेमलाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले टोल कमिटी विस्तार र गठन, सदस्यता नवीकरण, घरदैलो र प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । 
बैठकमा जिल्ला अध्यक्ष कक्षपति, नेताहरू नन्द बिश्वकर्मा, भीम ओली, लिलबहादुर नेपाली, कौशिला कठायतलगायतले प्रशिक्षणमूलक मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा १५० जना नेता÷कार्यकर्ता उपस्थित हुनुहुन्थ्यो ।