detail-img

जुम्लाको तातोपानीमा भेला सम्पन्न 

काठमाडौं । नेकपा (एमाले) ले यही फागुन ५ गतेदेखि सुरू गरेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ देशका सम्पूर्ण पालिका र पालिकाअन्तर्गतका वडाहरूमा जारी छ । 
यस अभियान अन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा शुक्रबार भएका कार्यक्रम, गतिविधिका समाचार प्राप्त भएका छन् । 
सो अनुसार, जुम्लाको तातोपानी गाउँपालिका–४ मा वडास्तरीय कार्यकर्ता भेला सम्पन्न भएको छ । पार्टी केन्द्रीय सदस्य विष्णु रिजालको उपस्थितिमा वडा कमिटीका अध्यक्ष धर्मराज खत्रीको अध्यक्षतामा भेला सम्पन्न भएको हो ।
वडाका हाकु, गौतमबाडा, गिडीखोला, नियापानी, पायाँबाडा र पत्थेनीका अगुवा कार्यकर्ता सहभागी रहनुभएको भेलामा केन्द्रीय सदस्य रिजाल, नेकपा (एमाले) जुम्ला जिल्ला अध्यक्ष शान्तिलाल महत, प्रदेश कमिटी सदस्यद्वय शान्ता शाही र मेनका पछाई, जिल्ला उपाध्यक्ष सुरतबहादुर शाही, सचिव धनकृष्ण पाण्डे, प्रदेश प्रतिनिधि नारायणी चौलागाईं, जिल्ला कमिटी सदस्यहरू पदम खत्री, चन्द्रलाल न्यौपाने, गुम्ब डॉगी, प्रदेश सल्लाहकार कमिटी सदस्य मोतिराम नेपाली, वडाध्यक्ष अमर रोकाय, पालिका कमिटी अध्यक्ष पूर्ण पाण्डे लगायतले मन्तव्य राख्नुभएको थियो । 
कार्यक्रममा माओवादी परित्याग गरी लछु सार्की र मन्सुरे सार्की नेकपा (एमाले) मा प्रवेश गर्नुभएको थियो । भेलाले सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणलाई अभियानकै रूपमा अघि बढाउने निर्णय गर्दै त्यसका लागि जिम्मेवारी बाँडफाँटसमेत गरेको छ ।

यसैगरी शनिवबार जुम्लाको तातोपानी गाउँपालिका वडा नं. १ र ३ मा वडास्तरीय भेला सम्पन्न भएका छन् । केन्द्रीय कमिटी सदस्य विष्णु रिजालको उपस्थिति र वडा कमिटीका अध्यक्ष कालो कामीको अध्यक्षतामा वडा नम्बर १ को बाइरॉकामा भेला सम्पन्न गरिएको हो । 
भेलामा प्रदेश कमिटी सदस्य मेनका पछाई, जिल्ला कमिटी अध्यक्ष शान्तिलाल महत, उपाध्यक्ष सुरत शाही, सचिव धनकृष्ण पाण्डे र प्रदेश प्रतिनिधि नारायणी चौलागाईंको उपस्थिति थियो । यसैगरी जिल्ला कमिटी सदस्य चन्द्रमान बुढा, अमर रोकाया, क्षेत्रबहादुर महत, गाउँ कमिटी अध्यक्ष पूर्ण पाण्डे, सचिव राजु रावत, युवा संघका जिल्ला अध्यक्ष हरिश रोकायालगायतको उपस्थिति थियो। 

गुठीचौरमा टोल कमिटी गठन
यसैगरी जुम्लाको गुठीचौर गाउँपालिका वडा नं. ४ को खलालबाडा टोलमा १३ सदस्यीय टोल कमिटी गठन गरिएको छ । तीर्थ सार्कीको अध्यक्षतामा गठन भएको कमिटीको उपाध्यक्षमा जिल्के न्यौपाने, सचिवमा सर्पराज न्यौपाने तथा उपसचिवमा तुलाचन्द्र न्यौपाने र तारादेवी पाण्डे चयन हुनुभएको छ । 
यस्तै, झम्ममाया थापा जैसीसहित तीन सदस्यीय टोल सल्लाहकार कमिटी गठन गरेको छ । टोल भेलामा केन्द्रीय सदस्य नगिन्द्र शाही (नेसनल) प्रदेश कमिटी सदस्य जयबहादुर खत्री, जिल्ला कमिटीका उपसचिव प्रेम बुढाजीलगायत नेताहरूको उपस्थिति थियो । भेलामार्फत पार्टी सदस्यको नवीकरण गरिएको छ भने १५ जनाले नयाँ पार्टी सदस्यका निम्ति आवेदन फाराम भरेका छन् । 

सल्यानको कपुरकोटमा पार्टी सदस्यहरूको विवरण सङ्कलन 
यसैगरी सल्यानको कपुरकोटमा टोल–टोलबाट विवरणहरू सङ्कलन भइरहेको छ । कपुरकोट गाउँपालिकामा नेकपा (एमाले) का केन्द्रीय प्रतिनिधि रामप्रसाद बरालसहित जिल्ला र पालिकातहका नेता कार्यकर्ताहरू खटिनुभएको छ । 
वडा नम्बर ४, ५ र ६ का विभिन्न वस्तीमा कार्यक्रम सम्पन्न गरेको नेकपा (एमाले) ले कपुरकोट– ३ स्थित मुलपानीमा कार्यकर्ता भेटघाट गरेको छ । आधारभूत तहका पार्टी सदस्यको वास्तविक तथ्याङ्क र पार्टीको अवस्था पत्ता लगाउने तथा सदस्यता नवीकरण, राजनीतिक, सैद्धान्तिक प्रशिक्षण दिने लगायतका विषयमा अभियान केन्द्रित रहेको नेकपा (एमाले) कपुरकोटका अध्यक्ष द्रोण केसीले बताउनुभयो ।

 
मुलपानीमा भएको कार्यक्रममा केन्द्रीय प्रतिनिधि बरालले पार्टी अब नयाँ गतिका साथ अगाडि बढ्ने बताउनुभयो । उहाँले देशको रक्षा गर्ने र विकासलाई गति दिने पार्टी एमाले मात्रै भएकाले यो पार्टीलाई तल्लो तहदेखि नै बलियो बनाउनुपर्ने धारणा राख्नुभयो । 

रूकुमको आठविसकोटमा वडा अधिवेशन गर्ने निर्णय 
यस्तै रूकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्वर ११ मा नगर कमिटी अध्यक्ष दिनेश चन्दको अध्यक्षतामा वडा कमिटीको बैठक सम्पन्न भएको छ । 
बैठकमा जिल्ला कमिटी सदस्यद्वय तिलकबहादुर पुन र प्रेम पुन, नगर कमिटी सचिव धीरेन्द्र जङ्ग शाह, युवा संघ नगर कमिटी अध्यक्ष विशाल विक, नगर कमिटी सदस्यद्वय दुर्गा पुन र गोर्ख पुन मगर उपस्थित हुनुहुन्थ्यो । बैठकले फागुन ३० गते वडा अधिवेशन गर्ने निर्णय गरेको छ । यस्तै, मातहतका कमिटीहरूलाई सक्रिय भूमिका निर्वाह गर्न निर्देशन पनि दिइएको छ ।